सल्यान : सल्यानमा गाईभैँसीमा ‘लम्पी स्किन’ रोग संक्रमण तीव्ररूपमा फैलिएको छ। यो रोगबाट हालसम्म जिल्लामा १५० भन्दा बढी पशु चौपाया मरिसकेका छन्। कालीमाटी गाउँपालिकाबाट शुरु भएको रोग अहिले सबै पालिकामा फैलिएको छ। खेतीपातीको सिजन सुरु हुँदै लाग्दा रोगबाट पशुचौपाया मर्न थालेपछि किसान चिन्तितछन्। बालीनाली नलगाउने सिजन हुदै गर्दा बस्तुभाउ मर्न थालेको स्थानीय किसान भूपेन्द्र केसीले बताए। गाउँघरका सबै गाईगोरुमा रोग फैलिएको बताए। ‘जोत्ने गोरु बिरामी छन्। कुटो कोदालोले बार