सर्लाही : पशुचौपायमा व्यापक मात्रामा फैलिरहेको ‘लम्पी स्किन’ रोग नियन्त्रणसहितका विभिन्न माग राख्दै सर्लाहीको हरिवनमा आज चक्काजाम गरिएको छ।नेकपा एमालेनिकट अखिल नेपाल किसान महासंघ मधेश प्रदेशले किसानका मुद्दा उठान गरी पूर्वपश्चिम लोकमार्गअन्तर्गत हरिवन बजार क्षेत्रमा मध्यान्ह करिब दुई घण्टा राजमार्ग अवरुद्ध पारेको हो।महासंघले लम्पी स्किन रोगलाई महामारी घोषणा गरी मरेका पशुको क्षतिपूर्तिको व्यवस्था गर्न र मरेका पशुको बीमा भुक्तानी तत्काल हुनुपर्ने माग राख्दै चक्काजाम गरिएको जनाएको छ।लम्