कोरोनाले जुराएको अवसर : विदेशबाट फर्केर सामूहिक तरकारी खेती

विश्व महामारीका रुपमा फैलिएको कोरोनाले धेरैको भविष्य अन्योल बनाए पनि गुल्मीका युवाले भने नयाँ सोचसहित सामूहिक तरकारी खेती गर्न थालेका छन् । विदेश तथा स्वदेशमा काम गर्ने धेरैका रोजगारसमेत गुमेको बेला यहाँको रेसुङ्गा नगरपालिकाका युवा विदेशबाट फर्केर सामूहिक तरकारी तथा कृषि खेतीमा लागेका छन् । रेसुङ्गा नगरपालिक–१० सिमिचौरका ४० वर्षीय राजन कुँवर विगत १० वर्षदेखि मलेसियामा विभिन्न रेष्टुरेन्ट तथा अन्य कम्पनीमा काम गर्नुहुन्थ्यो । व्यक्तिगत कामका लागि गत फगुन २४ गते स्वदेश फर्कनुभयो । त्यसपछि कोरोना महामारी शुरु भयो । विदेशको भिसा पनि कम्पनीले बन्द गरिदियो । परिवार चलाउनकै लागि अर्थोपार्जका विभिन्न उपाय सोच्दै गरेका कुँवरले सामूहिक कृषि खेतीको अवधारणा बनाउनुभयो । अहिले उहाँसहित सिमिचौरका पाँच र रेसुङ्गा नगरपालिका–४ अर्खलेका एक गरी ६ जना मिलेर गत जेठदेखि सिमिचौरमै सामूहिक तरकारी खेती गरिरहनुभएको छ । उहाँसहित टोपबहादुर कुँवर, फर्सुराम कुँवर, रवि कुँवर, सुवास कुँवर र टेकराज कुँवरले सामूहिक तरकारी खेती शुरु गर्नुभएको हो । उहाँहरु सबै वैदेशिक रोजगारीबाट बन्दाबन्दीको समयमा घर फर्कनुभएको हो ।

सम्बन्धित सामग्री

जनप्रतिनिधि बुद्धिवीरको लोभलाग्दो तरकारी खेती

म्याग्दीको अन्नपूर्ण गाउँपालिका –७ हिस्तानका वडा सदस्य बुद्धिवीर पुन सामाजिक कार्यसँगै कृषि पेशामा सक्रिय हुनुहुन्छ । विदेशबाट फर्किएर विगत १५ वर्षदेखि हिस्तान टिकोट गाउँका पुनले व्यावसायिक तरकारी खेती गर्दै आउनुभएको छ ।

विदेशबाट फर्किएर तरकारी खेती, मनग्य कमाइ

१८ फागुन, म्याग्दी । वैदेशिक रोजगारीका क्रममा कतारमा ७ वर्ष बिताएपछि गाउँ फर्किएका म्याग्दीको मालिका गाउँपालिका–६ का संकेत पुनलाई दोस्रो पटक विदेश जान मन लागेन । त्यसपछि उनले तरकारी खेती गर्ने सोच बनाए । ५ वर्षअघि २०७४ सालमा कतारबाट दिच्याम फर्केपछि गाउँमा बाँझै रहेको ३ रोपनी जग्गालाई खनजोत गरेर पुनले तरकारी र सुन्तला खेती सुरु […]

श्रीमानलाई विदेशबाट घर फर्काउने सरिताको ट्रिक बन्यो तरकारी खेती

‘‘गाउँघरमा विदेश जाने लहर चल्यो । मेरो श्रीमान् पनि साथीहरूको लहलहैमा लागेर विदेश जानुभयो । मैले एक्लै कृषि पेसालाई थामेँ । तरकारी खेतीबाट राम्रो आम्दानी हुन थाल्यो । मेरो कमाई देखेर श्रीमान् विदेशबाट गाउँ फर्किनुभयो, अहिले सँगै कृषिमा रमाएका छौँ ’’ कृषक सरिताकुमारी शर्माले भन्नुभयो । अहिले सरिता र उहाँको श्रीमान् टेकनारायण आचार्य गाउँकै उदाहरणीय कृषक हुनुहुन्छ ।

विदेशबाट फर्किएर व्यावसायिक तरकारी खेती

सल्यान : स्वदेशमा कुनै रोजगारी नभएको भन्दै धेरै युवायुवती विदेश पलायन भइरहेका छन्। स्वरोजगार बन्ने नेपालमा वातावरण नै नभएको भन्दै दैनिक हजारौँ युवा विदेश पलायन भइरहदा सल्यान त्रिवेणी गाउँपालिका ५ मेलचौरका विष्णुबहादुर रावतले व्यवसायिक तरकारी खेतीबाट मनग्य आम्दानी गरिरहेका छन्। चार वर्ष साउदी र कतार बसेका रावतले त्यहाँ बालुवामा तरकारी फेलेको देखेपछि उत्साहित भएर गाउँ फर्की तरकारी खेती थालेका हुन्। परिवार पाल्नकै लागि विदेशी भूमिमा पसिना बगाउन पुगेका उनी अहिले आफ्नै घरमा वार्षिक ७ लाख रुपैयाँभन्दा बढी आम्दानी ...

विदेशबाट फर्किएर तरकारी खेती, वार्षिक ९ लाख आम्दानी

सल्यान : जिल्लाको कपुरकोट गाउँपालिका ३ दमारगाउँका थमन गिरी ८ वर्षअघि रोजगारीका लागि विदेश हानिए। गाउँका धेरै मानिस स्वदेशमै जीविकोपार्जनको उपाय नभएपछि विदेश जाने क्रम चलिरहेको थियो। स्वदेशमै रोजगारी पाइन्छ कि भन्ने आशामा बसेका गिरी धेरै प्रयास गर्दा पनि रोजगारी नपाएपछि अन्ततः विदेश जान बाध्य भए।१० वर्ष मलेसिया बिताएका गिरीले समान बजारीकरण तथा बिक्री वितरण सम्बन्धी काम पाए। बुवाको निधन भएपछि स्वदेश आएका उनी त्यसपछि भने फर्किएनन्। अर्काको मुलुकमा गर्ने मेहनत आफ्नै ठाउँमा गर्नु पाए हुन्थ्यो भन

विदेशबाट फर्केर कृषिमा रमाए, वर्षमै ८ लाख कमाए

सल्यान: विदेशबाट फर्किएका युवा गाउँमै कृषि व्यवसायमा लाग्‍न थालेका छन्। तरकारी खेती, पशुपालन र अन्य घरेलु उद्यममा लागेका सल्यानका युवा उदाहरणीय बनेका छन्।५ वर्ष मलेशियामा बिताएका शारदा नगरपालिका-१४ स्याल पानीका प्रेमबहादुर खड्का १२ रोपनी जमिनमा तरकारी खेती गरेर राम्रो आम्दानी गरिरहेका छन्। विदेशको दुःख सहेर फर्केपछि उनलाई गाउँमै मिहिनेत खर्चिने चाहना पलाएको उनी सुनाउँछन्।‘५ वर्षको विदेश बसाइपछि मलाई लाग्यो यो दुःख चाहिँ म नेपालमै गएर गरेँ भने पनि महिनाको ३०-४० हजार कमाउन सक्छु भन्ने सो

विदेशबाट फर्किएर तरकारी खेती

वैदेशिक रोजगारीबाट फर्किएका बाँकेका युवा कृषक तुल्सीराम थारु ११ कट्ठा जमिनमा तरकारी खेती गरेर राम्रो आम्दानी गरेका छन् ।उनले तरकारीको टनेलमा प्रयोग गरिने डोरी कुहिएर जान थालेपछि खेर गएका कोकाकोला,पेप्सी लगायतका प्लास्टिकका बोतलबाट डोरी बनाएर सिर्जनशिल तरीकाले टनेलमा प्रयोग पनि गरेका छन् । सरकारले वातावरण बनाइदिए कृषिमा संलग्न भएर धेरै युवाले मनग्य आम्दानी गर्न सक्ने […]

विदेशबाट फर्केर व्यावसायिक तरकारी खेती

घोराही उपमहानगरपालिका–१० जलौराका मनकलाल चौधरीले नेट हाउसमा काँक्रा फलाएका छन् । १५ कट्ठा जग्गामा नेट घर निर्माण गरेर उनी काँक्रासँगै भेडे खुर्सानी र गोलभेंडासमेत फलाउन सफल भएका छन् । उनले अहिले काँक्रा र भेडे खुसानी बिक्री गरिरहेका छन् भने गोलभेंडा पनि बिक्रीका लागि तयार हुँदै छ ।

विदेशबाट फर्केर तरकारी खेती

वैदेशिक रोजगारीका सिलसिलामा ७ वर्षभन्दा लामो समयसम्म खाडीमुलुक मलेसियामा रगत र पसिना बगाएका अमरगढी नगरपालिका–७ का डम्मरबहादुर पार्कीले स्वदेश फर्किएर तरकारी खेतीबाटै मनग्य आम्दानी गर्न थालेका छन् ।

विदेशबाट फर्केर तरकारीमा

मकवानपुरको उत्तरी क्षेत्रका युवाहरू नयाँ तरिकाले तरकारी खेती गर्न थालेका छन् । परम्परागत किसिमले तरकारी खेती गर्दै आएका थाहा नपाका युवाहरूले प्लास्टिकको टनेल बनाएर गोलभेडा खेती गरेर मनग्ये आम्दानी गर्न सफल भएका छन् ।