जनप्रतिनिधि बुद्धिवीरको लोभलाग्दो तरकारी खेती

म्याग्दीको अन्नपूर्ण गाउँपालिका –७ हिस्तानका वडा सदस्य बुद्धिवीर पुन सामाजिक कार्यसँगै कृषि पेशामा सक्रिय हुनुहुन्छ । विदेशबाट फर्किएर विगत १५ वर्षदेखि हिस्तान टिकोट गाउँका पुनले व्यावसायिक तरकारी खेती गर्दै आउनुभएको छ ।

सम्बन्धित सामग्री

सुन्दरहरैंचा नगरपालिकाका कृषकलाई कृषि सामग्री हस्तान्तरण

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकाको आयोजनामा व्यावसायिक तरकारी खेती गर्दै आएका कृषक समूहलाई रू. १० लाख ७० हजार मूल्य बराबरका विभिन्न कृषि सामग्री हस्तान्तरण गरिएको छ । नगरपालिकाको वडा नं ११ शुक्रबारेमा सूर्य तरकारी पकेट समितिको सहकार्यमा कृषक समूह तथा नगरपालिकाको साझेदारी रकममा आवश्यक कृषि सामग्री हस्तान्तरण गरिएको समितिका अध्यक्ष कृष्ण श्रेष्ठले बताए । कृषकलाई मिनी पावर टिलर, मोटर, पावर स्प्रे, कपडाको पाइप, विभिन्न किसिमका तरकारीका बीउलगायत सामान जनप्रतिनिधि तथा कर्मचारीको सहभागितामा वितरण गरिएको नगर प्रमुख केदारप्रसाद गुरागाईंले जानकारी दिए । उनले व्यावसायिकरूपमा तरकारी खेती गरिरहेका कृषकको सहयोगका लागि नगरपालिकाले विभिन्न कार्यक्रम अघि सारेको उल्लेख गरे । नगरपालिकाको रू. ५ लाख ४० हजार तथा किसानको रू. ५ लाख ३० हजार साझेदारीमा सामग्री किनेर वितरण गरिएको सुन्दरहरैंचा नपाका कृषि शाखा प्रमुख सुदीप भण्डारीले जानकारी दिए । तरकारी पकेटको सार्वजनिक सुनुवाइ अनुगमन तथा कृषि सामग्री हस्तान्तरण कार्यक्रमबाट आफू प्रभावित भएर स्वदेशमा व्यावसायिक तरकारी खेतीबाट मनग्ये आम्दानी गर्न सफल भएको स्थानीय कृषक मोहनलाल श्रेष्ठले बताए । तरकारी पकेट समितिमा हाल ३० किसान आबद्ध छन् । उनीहरूले २५ हेक्टर जमीनमा तरकारी खेती गरिरहेका छन् । -रासस

कृषकको समस्या बुझ्न जनप्रतिनिधि खेतबारीमा

पाँचथर । कृषकहरुको समस्या समाधान गर्ने भन्दै पाँचथरको फिदिम नगरपलिकाका जनप्रतिनिधिहरु कृषकको खेतबारीमै पुग्न थालेका छन् । नगरपालिको बजेटबाट किसानलाई आवश्यक सहयोग गर्ने लक्ष्य लिएर फिदिम नगर उपप्रमुख राधाृकष्ण न्यौपानेको टोली किसानको खेतबारीमै पुगेको छ । फिदिम नगरपालिकाले आगामी बजेटमा तरकारी खेतीमा निर्भर किसानको संख्या बढाउने लक्ष्य लिएको छ । अधिकांश स्थान तरकारी खेती गर्न […]

माटो परीक्षण शिविर

विराटनगर । उत्पादन वृद्धि गर्न र लागत कम गराउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ मोरङको माटो परीक्षण शिविर सञ्चालन गरेको छ । किसानले दिनप्रतिदिन आवश्यकताभन्दा बढी रासायनिक मलको प्रयोग गर्न थालेपछि माटो उर्वराशक्ति कम भई माटोमा अम्लीयपन बढी देखिन थालेपछि सो शिविर सञ्चालनमा ल्याएको हो । प्रदेशभर सुनसरीको झुम्का र मोरङको उर्लाबारीमा रहेका माटो परीक्षण ल्याबलाई परियोजनाले किसानको घरदैलोमा लगेर सेवा शुरू गरेको छ । माटो परीक्षण ल्याबबाट भइसकेपछि माटो चाहिने कृषि चुन, नाइट्रोजन, फस्फोरस, म्याग्नेसियम र सल्फरजस्ता तत्त्व मिसिसको मल प्रयोग गर्न किसानलाई जानकारी दिने र यसबाट किसानको खेत सन्तुलनमा आई उत्पादन बढ्ने र लागत घट्ने परियोजनाका प्रमुख विनोदकुमार मण्डलले जानकारी दिए । मोरङको जहदा गाउँपालिका सञ्चालित तरकारी जोनमा आबद्ध किसानलाई लक्षित गरी आज सञ्चालन गरेको माटो परीक्षण शिविरमा सुनसरी झुम्काबाट प्राविधिक सहित ल्याब पुगेको थियो भने त्यहाँ ६० जना किसानको माटो परीक्षण गरेको थियो । ‘यो ल्याबको विषयमा हामीले धेरै पहिलेदेखि आवाज उठाएको भए पनि अहिले हाम्रो घरदैलोमा शिविर आएको छ,’ तरकारी जोन समितिका संयोजक शिवनाथ सिंहले भने । अर्का किसान देवानन्द साहले तरकारीका लागि प्रमुख क्षेत्र मानिएको जहदामा किसानको तरकारी संकलन केन्द्र स्थापना हुनुपर्ने र किसानलाई समयमै मलखादको व्यवस्था हुनुपर्ने माग गरे । जहदा गाउँपालिकाका प्रशासकीय अधिकृत सुमन घिमिरेले यस क्षेत्रका किसानको प्रमुख बाली तरकारी रहेको बताए । किसानको तरकारीलाई बजारसम्म लैजाने व्यवस्था हुनुपर्नेमा उनले जोड दिए । यस क्षेत्रमा किसानको सहभागितामा शीतगृह निर्माण हुनुपर्ने भन्दै उनले गाउँपालिकाले किसानका लागि पर्याप्त कार्यक्रम ल्याउन नसक्नुमा स्थानीय जनप्रतिनिधि दोषी रहेको बताए । तरकारी जोनमा अहिले २८ जना कृषक सहभागी रहेको र प्रत्येक किसानले कम्तीमा तीन बिघा र बढीमा पाँच बिघा जग्गामा तरकारी खेती गर्ने गरेको बताइएको छ । रासस