महामारी नियन्त्रणको निर्विकल्प उपाय नै खोप हो : डा. शेरबहादुर पुन
नेपालमा मंगलबारदेखि कोरोना भाइरसविरुद्ध खोप अभियानको नयाँ चरण सुरु हुने भएको छ। चीनले अनुदानस्वरूप दिएको भेरोसेल खोप काठमाडौं उपत्यकामा ६०–६४ वर्ष उमेर समूहका र अन्य जिल्लामा ६२–६४ वर्ष उमेर समूहका नागरिकलाई लगाइने खोप शाखाले जनाएको छ।...
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणको जोखिम फरक रूपमा देखिन सक्ने भन्दै सचेत रहन आग्रह गरेको छ । छिमेकी राष्ट्र चीनमा ओमिक्रोनको सब–भेरियन्ट बीएफ.७ तीव्र रूपमा फैलिएको छ भने अर्को छिमेकी भारतमा पनि बीएफ.७ सङ्क्रमण पुष्टि भइसकेकाले नेपालमा पनि जोखिम रहेको मन्त्रालयले जनाएको छ ।छिमेकी मुलुकहरूमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट नेपालमा पुष्टि नभए पनि जोखिम रहेको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् । चीनमा ओमिक्रोनको सब–भेरियन्ट
काठमाडौं, ३ साउन । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनले ओमिक्रोन भाइरसको नयाँ उपप्रजाति बीए.५ बाट मानवीय क्षति हुन नदिन बुस्टर डोज खोप अभियानलाई निरन्तरता र तीव्रता दिनुपर्ने औंल्याएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. पुनले भने, […]
‘७० प्रतिशतले दुई मात्रा खोप लगाएको छ । तर खोप लगाएकाहरू संक्रमित भएका छन्,’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डा. शेरबहादुर पुन भन्छन्, ‘खोप लगाएको दुई हप्तापछि संक्रमण भयो भने ब्रेक थ्रु इन्फेक्सन भनिन्छ । अहिले देखिएको केस यही हुनसक्छ ।’
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ओरालो लाग्दै गएको भए पनि कोरोना पूर्ण रूपमा निर्मूल भने भईनसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन भन्नुहुन्छ– ‘कोरोना संक्रमण केही मत्थर भएको र युटर्न भएर पहिलाको जस्तो महामारीको अवस्थामा नआउला । खोप लगाउने क्रम पनि जारी छ, नयाँ स्वरूप […]
कोरोना भाइरसको डेल्टा भेरियन्टको तुलनामा ओमिक्रोन घातक नभए पनि कतिपय कमजोर प्रतिरक्षा क्षमता भएकालाई यसले असर गर्न सक्छ । ओमिक्रोनको जोखिमबाट जोगिन सरकारले सबैलाई खोप दिनुपर्ने डा. शेरबहादुर पुन बताउँछन् ।...
२० पुस, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको नयाँ भेरियण्ट ओमिक्रोनको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आवश्यक कदम चाल्न मातहतका निकाय र स्थानीय तहहरुलाई निर्देशन दिइसकेको छ । जनस्वास्थ्यविद्हरुले पनि माघको दोस्रो सातादेखि कोरोनाको तेस्रो लहर आउन सक्ने आँकलन गरिरहेका छन् । यदि तेस्रो लहर आएमा यसको पहिलो प्रभाव बालबालिकाहरुमा पर्ने अनुमान गरिएको […]
भीडभाडमा कोभिड संक्रमणले जटिलता थप्ने चिकित्सक बताउँछन् । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन, खोप लगाएका हरेक व्यक्तिमा एन्टिबडी बन्न नसक्ने भएकाले सतर्कता र सजगता अपनाउन आग्रह गर्नुहुन्छ ।