देशको अर्थतन्त्र धरासायी बनाएको र कार्यक्षमता अभाव भएको आरोप लगाउँदै सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि जाँचबुझ गर्ने निर्णय गरेको छ । सरकारले जाँचबुझ समिति बनाएपछि गर्भनर अधिकारी शुक्रबारदेखि स्वतः निलम्बनमा परेका छन् ।विहीबार बसेको मन्त्रिपरिषद बैठकले गभर्नरमाथि छानविन गर्ने निर्णय गरेको थियो । देशको अर्थतन्त्र धरासायी हुँदै गएको र गभर्नर अधिकारीमा कार्यक्षमताको अभाव देखिएको सरकारको आरोप छ ।स्वायत्त संस्थाका रुपमा रहेको नेपाल राष्ट्र बैंकका गभर्नरलाई सरकारले कसरी हट