काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि गरिएको कारबाही राष्ट्र बैंकको ऐन र कानुनअनुसार नै निर्णय गरिएको दाबी गरेका छन्। मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘राष्ट्र बैंकको ऐन प्रावधान र कानुन संवत् निर्णय गरेका हौँ। किन गरेका हौँ भनेर छानविन कमिटी गठन गरेका छौँ। कमिटीलाई काम गर्न दियो भने उहाँले छानविन गरेर एक महिनापछि सबै रिपोर्ट तपाईहरूले पाउनुहुन्छ।’ उनले राष्ट्र बैंकको लगानी कहाँ कहाँ छन् भनेर जान्न खोज्द