मोरङको ५ पालिकमा रोकियो एमालेको अधिबेशन

 मोरङमा एमाले कमजोर भएका पालिकामा आज हुने अधिवेशन रोकिएको छ । उर्लाबारी,लेटाङ,सुनवार्षी,धनपाल,जहदाँ गाँउपालिकमा अधिवेशन नहुने जनाइएको छ । लेटाङ र उर्लावारीमा नेकपा एकीकृत समाजवादीको पकड भएको क्षेत्रका रुपमा लिइन्छ भने अन्य पालिकामा समेत एमाले कमजोर मानिन्छ । कमजोर भएको स्थानमा अन्य पार्टीबाट एमालेमा प्रबेश गराएर मात्रै अधिवेशन गर्ने तयारीमा मोरङ एमाले रहेको एमाले स्रोतले जनाएको छ । यता मोरङका अध्यक्ष ऋसिकेस पोख्रेलले भने तयारी नसकिएकोले अधिवेशन केहि समय पछाडि सारिएको जानकारी दिएका छन् । ...

सम्बन्धित सामग्री

एमालेको अवरोधले मोरङको बुढीगंगामा मतगणना रोकियो

मोरङको बुढीगंगा गाउँपालिकामा मतणना रोकिएको छ । बुढीगंगा गाउँपालिका–४ मा एमालेले पुनः मतगणना हुनुपर्ने माग गरेको छ । सोमबार ५ बजेदेखि मतगणना रोकिएको छ भने मतगणना स्थल बाहिर एमालेका कार्यकर्ताले नाराबाजी गरिरहेका छन् ।बुढीगंगा गाउँपालिकाको १, ४ र ७ नम्बर वडाको अन्तिम मत परिणाम सार्वजानिक भएको छ । १ र ४ मा काँग्रेस र ७ नम्बर वडामा एमालेले जितेको छ । ४ नम्बर वडाको मत परिणामलाई लिएर एमालेले विवाद गरेको हो । आइतबार राति सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार बुढीगंगा–४ मा नेपाली काँग्

रङ्गेलीको मतगणना १६ घण्टादेखि रोकियो

विराटनगर। मोरङको रङ्गेली–७ स्थित जनता क्याम्पसको मतगणना स्थगित भएको छ ।शनिबार राति ८ बजेबाट रोकिएको मतगणना अहिलेसम्म अघि बढन सकेको छैन । नेपाली काँग्रेसबाट वडा नं ८ को वडाध्यक्ष पदका उम्मेदवार रहेका योग्य कुमार दोर्जेको विवादपछि मतगणना स्थगित भएको हो । वडा ८ को मतगणना शुरु गर्ने तयारी भईरहदा मतपेटिका पहिलादेखि नै खुुल्ला रहेको भन्दै […]

मोरङको रंगेलीमा मतगणना रोकियो

विराटनगर । मोरङको रंगेली नगरपालिकामा मतगणना स्थगित भएको छ । वडा नं. ७ स्थित जनता क्याम्पसमा जारी मतगणनाका क्रममा विवाद भएको छ । नेपाली कांग्रेसबाट वडा नं. ८ का वडाध्यक्ष पदका उमेदवार योग्यकुमार दोर्जेले मतदानस्थलमा राखिएको मतपेटिका सुरक्षित नभएको भन्दै असन्तुष्टि व्यक्त गरेपछि गणना स्थगित भएको छ । मत पेटिका पहिलादेखि नै...

मोरङको हिमाल अक्सिजन उद्योगमा समस्या, अक्सिजन उत्पादन रोकियो

विराटनगर / कोरोना संक्रमितको संख्या बढिरहेका बेला मोरङको बूढीगंगा गाउँपालिकाको नेमुवामा अक्सिजन उत्पादन गर्दै आएको हिमाल अक्सिजन उद्योगमा भने समस्या आएको छ । मंगलबार बिहान ७ बजेदेखि मोटरमा समस्या भएर उत्पादन बन्द हुँदा अक्सिजन आपूर्ति प्रभावित बनेको छ । उत्पादन र आपूर्ति प्रभावित हुँदा अक्सिजन सपोर्टमा उपचाररत कोरोना संक्रमितलाई समस्या हुनसक्ने उद्योगले जनाएको छ ।... The post मोरङको हिमाल अक्सिजन उद्योगमा समस्या, अक्सिजन उत्पादन रोकियो appeared first on Purbeli News.

विवादले सामुदायिक बनको काठ बिक्री रोकियो, लाखौंकाे काठ कुहिँदै

उपभोक्तालाई वितरण गर्न भनेर तीन वर्ष अघि बनबाट निकालिएका काठ घाटगद्दीमै कुहिन थालेपछि मोरङको कानेपोखरी ७ स्थित ग्रामीण सुधार सामुदायिक वन उपभोक्ता समूह सङ्कटमा परेको छ । आर्थिक वर्ष ०७४÷०७५ मा कटान स्वीकृति लिएर निकालिएको काठ सामुदायिक वनले अझै बिक्री,वितरण गर्न पाएको छैन् । वनले सो वर्ष झण्डै ३० हजार किवी काठ कटान गरेको थियो । उपभोक्ताको माग र दवाव खेप्न नसकेपछि गत वर्ष डिभिजन बन कार्यालयले ३० हजार मध्ये १० हजार किवी काठ बिक्री गर्ने आदेश दिएको थियो । तर, उक्त बिक्रीको विवरण डिभिजन कार्यालयमा नपठाएको , हिसाव पारदर्सी नभएको भन्दै जिल्ला बनले समेत थप काठ बिक्री गर्न आदेश नदिएपछि सामुदायिक वन र आवद्ध उपभोक्ता सङ्कटमा परेका हुन् ।

कानेपोखरी अस्पतालको निर्माण कार्य रोकियो

जग्गामा विवाद भएपछि मोरङको कानेपोखरी–४ मा निर्माणाधीन कानेपोखरी अस्पतालको निर्माण कार्य रोकिएको छ । अस्पताल भवनकोे डिपीआर भएको क्षेत्रफल व्यक्तिको नाममा देखिएपछि अस्पतालको निर्माण कार्य रोकिएको हो ।

पथरीमा झडपपछि मतगणना रोकियो

मत परिणामको विषयलाई लिएर मोरङको पथरीमा झडप भएको छ। कांग्रेस र माओवादीका समर्थकले मत गणनाको परिणाम नमान्ने भन्दै सोमबार गणनास्थलमा धर्ना