उपभोक्तालाई वितरण गर्न भनेर तीन वर्ष अघि बनबाट निकालिएका काठ घाटगद्दीमै कुहिन थालेपछि मोरङको कानेपोखरी ७ स्थित ग्रामीण सुधार सामुदायिक वन उपभोक्ता समूह सङ्कटमा परेको छ ।
आर्थिक वर्ष ०७४÷०७५ मा कटान स्वीकृति लिएर निकालिएको काठ सामुदायिक वनले अझै बिक्री,वितरण गर्न पाएको छैन् । वनले सो वर्ष झण्डै ३० हजार किवी काठ कटान गरेको थियो । उपभोक्ताको माग र दवाव खेप्न नसकेपछि गत वर्ष डिभिजन बन कार्यालयले ३० हजार मध्ये १० हजार किवी काठ बिक्री गर्ने आदेश दिएको थियो । तर, उक्त बिक्रीको विवरण डिभिजन कार्यालयमा नपठाएको , हिसाव पारदर्सी नभएको भन्दै जिल्ला बनले समेत थप काठ बिक्री गर्न आदेश नदिएपछि सामुदायिक वन र आवद्ध उपभोक्ता सङ्कटमा परेका हुन् ।