वैशाख १४, काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि सरल बचत फण्ड–इ ले चैत मसान्तसम्म धितोपत्रमा रू. ३४ करोड २६ लाख २४ हजार लगानी गरेको छ ।
योजनाले धितोपत्रमा गरेको लगानीको बजार मूल्य भने रू. ३२ करोड ५७ लाख रहेको छ । यस अवधिसम्म योजनाले बैंक मुद्दति निक्षेपमा रू. ८ करोड लगानी गरेको छ ।
खुलामुखी प्रकृतिको यस योजनाको हाल ५ करोड ५२ लाख २५ हजार ६५६ दशमलव ४७ इकाई कायम भएको छ । योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य फागुन महीनामा रू. १० दशमलव १४ रहेकोमा चैत महीनामा रू. ९ दशमलव ६६ कायम भएको छ ।
फागुन मसान्तसम्म रू. ८० लाखभन्दा बढी नाफा गरेको योजना चैत मसान्तसम्म भने रू. १ करोड ८५ लाखभन्दा बढी नोक्सानीमा रहेको छ । चैत महीनामा योजना रू. ९७ लाखभन्दा बढी घाटामा रहेकाले पनि खुद नोक्सानी व्यहोर्नु परेको देखिन्छ ।
फागुन महीनाको तुलनामा योजनाको खर्च रकम पनि बढेको छ । फागुन महीनामा रू. ७९ लाख ६४ हजार खर्च गरेको योजनाले चैत महीनामा रू. ८७ लाख ८५ हजारभन्दा बढी खर्च गरेको हो ।