काठमाण्डाै – सरकारले दुधको मूल्य निर्धारणका लागि प्रकृया थालेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले एक समिति बनाएर राष्ट्रिय दुग्ध विकास बोर्डमार्फत सातवटै प्रदेशमा अध्ययन गरिसकेको छ । अध्ययनका आधारमा प्रतिवेदन तयार पार्ने काम भैरहेको बोर्डका प्रमुख राजेन्द्र यादवले बताउनुभयो ।
आइतबारसम्ममा प्रतिवेदन मन्त्रालयलाई बुझाउने तयारी छ । मन्त्रालयले प्रतिवेदन अध्ययन गरी दुग्धको मूल्य निर्धारण गर्नेछ । दाना, चोकरलगायत दुध उत्पादनका बस्तुको मूल्य बढेकाले दूधको मूल्य बढाउन किसान र उद्योगबाट प्रस्ताव आएको बोर्डले जनाएको छ । ब...