उच्च हिमाली जिल्ला हुम्लामा चिसो अत्यधिक बढ्दै गएपछि सामुदायिक तथा निजी विद्यालयले पठनपाठन बन्द गरेका छन् । सात स्थानीय तह रहेको हुम्लामा हिउँदे बिदाले पुस र माघ दुई महिना यहाँका विद्यालयमा पठनपाठन बन्द हुने गर्दछ । चिसो अत्यधिक बढेसँगै यहाँका स्थानीय तहले विद्यालयमा हिउँदे बिदा दिने गरेका छन् । जिल्लाका सातमध्ये छ गाउँपालिकाका विद्यालय हिउँदे बिदाले बन्द भएका छन् । जिल्लाको सदरमुकाम रहेको सिमकोट गाउँपालिकासहित नाम्खा, खार्पुनाथ, सर्केगाड र ताँजाकोट गाउँपालिकामा रहेका सामुदायिक तथा नि