पहिरोले विद्यालय बगाउँदा पठनपाठन ठप्प

काभ्रे, असोज १४ । पहिरोले विद्यालयको भवन बगाएपछि काभ्रेकोे महाभारत गाउँपालिका–४ को बुढानिलकण्ठ प्राथमिक विद्यालयमा पठनपाठन ठप्प भएको छ । गत असोज ८ गते विद्यालय नजिकै गएको सुख्खा पहिरोले ६ कोठे भवन र २ वटा शौचालय बगाएको हो । विद्यालयको भवन बगाएपछि एक हप्तादेखी विद्यालयको पठनपाठन ठप्प छ । पठनपाठन सञ्चालनको लागि सरोकारवाला पक्षले चासो […]

सम्बन्धित सामग्री

शिक्षक आन्दोलनले उदयपुरको पठनपाठन ठप्प,झन्डै ६८ हजार विद्यार्थी प्रभावित

सरकारले प्रतिनिधिसभामा पेश गरेको प्रस्तावित ‘शिक्षा विधेयक २०८०’मा समेटिएका कतिपय दफाप्रति गम्भीर असहमति जनाउँदै असोज ३ गतेदेखि अनिश्चितकालीन विद्यालय बन्द गरेर शिक्षकहरू सङ्घर्षमा उत्रिएपछि उदयपुरको पठनपाठन ठप्प भएको छ।...

बहसमा निजी विद्यालय : सेवामूलक कि नाफामूलक ?

देशका सम्पूर्ण निजी विद्यालयहरू अनिश्चितकालीन बन्द गरेर पठनपाठन ठप्प पार्ने प्याब्सनको आन्दोलन अहिलेलाई स्थगित भएको छ ।  कम्पनी ऐनअन्तर्गत दर्ता भएका नाफामूलक निजी विद्यालयहरूलाई पाँच वर्षभित्र गुठीमा परिणत गरी गैरनाफामूलक बनाउने विधेयकको तयारी भएको भन्दै आन्दोलित भएका निजी शिक्षाका संस्थाहरू सरकारसँग वार्तामा बस्ने भएपछि आन्दोलन फिर्ता भएको छ । तर, शिक्षा र स्वास्थ्य जस्तो आधारभूत क्षेत्रमा व्यापारीकरण हुनुहुँदैन भन्ने तर्क उठिरहँदा निजी विद्यालयलाई सेवामूलक बनाउने कि नाफामूलक ? बहस चल्न थालेको छ ।  किन आन्दोलित भ...

ठेकेदारले विद्यालयमा तालाबन्दी गर्दा पढाइ ठप्प

सल्यान, चैत ७ । सल्यानको एउटा सरकारी विद्यालयमा तालाबन्दी हुँदा पठनपाठन प्रभावित भएको छ । विद्यालय भवन निर्माण गरेको रकम भुक्तान नभएको भन्दै चार दिन पहिले देखि लागेको ताला नखुल्दा पठनपाठन हुन सकेको छैन । त्रिवेणी गाउँपालिका–१ रिठाचौर काभ्राको जनता माध्यमिक विद्यालयमा भुक्तानी नपाएको भन्दै ठेकेदार (निर्माण व्यवसायी)ले विद्यालयका २ भवनमा तालाबन्दी गरेपछि पठनपाठन प्रभावित […]

विद्यालय बन्द गरेर शिक्षक भ्रमणमा

काठमाडौँ – रूपन्देहीको कोटहीमाई गाउँँपालिकास्थित मर्चवार आदर्श माध्यमिक विद्यालयका शिक्षक कर्मचारीको टोली विद्यालय बन्द गरेर भारत भ्रमणमा निस्केको छ । वार्षिक परीक्षा २०७९ मुखैमा पुगेको बेला शिक्षकहरू विद्यालयमा पढाउनुभन्दा आन्तरिक समझदारीमा भारतको उत्तराखण्ड भ्रमण तिर लागेका हुन्। कक्षा १ देखि १२ सम्मका पठनपाठन पूर्णरूपले ठप्प पारेर शुक्रबार १२ गतेदेखि १७ गतेसम्मका लागि भ्रमणमा निस्केको कोटहीमाई […]

६ महिनादेखि तलब नपाउँदा शिक्षक आन्दोलनमा, विद्यालयको पढाइ ठप्प

धनुषा : नगराइन नगरपालिकाका  सामुदायिक विद्यालयमा शिक्षकले पारिश्रमिक नपाउँदा पठनपाठन ठप्प भएको छ।  शिक्षक पढाउन छाडेर आन्दोलनमा उत्रेका छन् । नगरसभाबाट बजेट पास नभएका कारण यहाँका शिक्षकले छ महिनादेखि पारिश्रमिक पाएका छैनन्। ती विद्यालयका शिक्षक पढाउन छाडेर आन्दोलनमा उत्रेका छन् । सर्वदलीय र सर्वपक्षीय बैठक पटकपटक बसे पनि समस्या समाधान हुन नसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामगुलाम कर्णले बताए। नगराइन नगरपालिकामा १६ सामुदायिक विद्यालय छन् । तलबका लागि शिक्षकले दै

सिराहामा ओलीको कार्यक्रमका लागि विद्यालय नै बन्द

सिराहामा विद्यालयको पठनपाठन नै ठप्प पारेर पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यक्रम गरिएको छ । गोलबजार–८ मा अवस्थित जनता नमूना माध्यमिक विद्यालयको पठनपाठन नै ठप्प गरी ओलीको कार्यक्रम गरिएको हो । कक्षा १२ सम्म कक्षा सञ्चालन भइरहेको यस विद्यालय परिसरमा शुक्रवार नेकपा एमाले जिल्ला कमिटीले पार्टी प्रवेश तथा आमसभा आयोजना गरेको छ । जसका कारण यस विद्यालयमा अध्ययनरत विद्यार्थी शुक्रवार पठनपाठनबाट वञ्चित भएका छन् ।विद्यालय बन्द गरिएकोबारे व्यवस्थापन समितिका अध्यक्ष तथा प्

दुई दिनदेखि बन्द विद्यालय खुल्यो

काठमाडौं । विद्यालय कर्मचारी परिषद्को आह्वानमा दुई दिन विद्यालय बन्दपछि निर्वाध खुलेका छन् । दुई सातादेखि आन्दोलित परिषद्ले आइतबारदेखि सुरु गरेको सामुदायिक विद्यालय बन्द कार्यक्रम फिर्ता लिएको हो । परिषद्ले घोषणा गरेको आन्दोलनका कारण आइतबार र सोमबार देशभरका सामुदायिक विद्यालय मिश्रित रूपमा खुल्ने र बन्द थिए । विद्यालय बन्द हुँदा पठनपाठन ठप्प भएपछि चौतर्फी विरोध […] The post दुई दिनदेखि बन्द विद्यालय खुल्यो appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

उपत्यकाका अधिकांश विद्यालय बन्द, पठनपाठन ठप्प

काठमाडौं । काठमाडौं उपत्यकाका अधिकांश विद्यालय बन्द हुँदा भौतिक रूपमा पठनपाठन ठप्प भएको छ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिस्ट पार्टीलगायत ६ दलले आह्वान गरेको नेपाल बन्दका कारण आज विद्यालयमा पठनपाठन ठप्प भएको हो । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका कारण माघ महिनाभर बन्द भएका विद्यालय फागुन १ गतेदेखि खुलेका...

बाढीले विद्यालय बगरमा परिणत

जुम्लाको तातोपानी गाउँपालिका ४ स्थित नेत्रज्योति मावि हाँकु बाढीले बगाएर बगरमा परिणत भएको छ। अहिले विद्यालयका भवनदेखि घेराबार, फर्निचर सबै बगाएको छ। गिडीगंगा नदीमा आएको बाढीले विद्यालय नै बगाएर लिएपछि पठनपाठन ठप्प छ।...

सदरमुकाममा अनलाइनबाट शैक्षिक सत्र सुरु, गाउँका विद्यालयमा अन्योल

पर्वत : पर्वत सदरमुकाम कुश्मामा रहेको नारायण माध्यमिक विद्यालय सधैंको वर्षायाममा भए यति बेला बर्खे बिदा हुन्थ्यो। तर‚ यस वर्ष यस विद्यालयमा पठनपाठन भइरहेको छ। ४५ दिन बर्खे बिदा हुने विद्यालय यस वर्ष भने असार १५ गतेदेखि नै १० बजेदेखि ४ बजेसम्म नियमित कक्षा सञ्चालन भइरहेको छ।कोरोना महामारीका कारण विद्यालय भौतिकरूपमा नखुले पनि अनलाइन माध्यमबाट पठनपाठन भइरहेको शिक्षक सुवास पोखरेलले बताए। कोरोना महामारीको बेलामा सबै क्षेत्र ठप्प रहेको बेलामा विद्यालयले नियमित पठनपाठन गराउँदा खुसी लागेको उन