रोल्पामा टोल शिक्षामार्फत पठनपाठन शुरु

रोल्पाको एक सामुदायिक विद्यालयले टोल शिक्षामार्फत पठनपाठन शुरु गरेको छ । जिल्ला सदरमुकाम लिवाङमा रहेको बालकल्याण नमूना माविले असारको अन्तिम सातादेखि टोल शिक्षामार्फत पठनपाठन थालनी गरेको हो । विद्यार्थीमा पढ्ने बानी घट्दै गएको भन्दै अभिभावकले पटकपटक वैकल्पिक विधिवाट पठनपाठन गर्न गरेको आग्रह वमोजिम तल्ला कक्षामा टोल शिक्षा शुरु गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश न्यौपानेले बताए । टोल शिक्षामा बढीमा २५ जना विद्यार्थीलाई एउटा कक्षामा  राख्ने गरिएको छ । कोरोना महामारीलाई ध्यानमा राखेर सावधानी अपनाउँदै टोल...