हरिबोधनी एकादशीका अवसरमा पवित्र कालीगण्डकी नदीमा स्नान गर्न हजारौँको सङ्ख्यामा भक्तजनको भीड लागेको छ । मोदीखोला र कालीगण्डकी नदीको सङ्गममा पर्ने पर्वतको मोदीवेणी धाम, जैमिनी घाट, विश्वकै ठूलो शालिग्राम शिला रहेको दक्षिण पर्वतको शालिग्रामस्थित सेतीवेणी, गोपाङघाट, पुर्तिघाट, जैमिनीघाटलगायतका स्थानमा स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ । स्नान गर्नका लागि पर्वतका साथै बागलुङ, स्याङ्जा, गुल्मी, पाल्पा र भैरहवा तथा भारतबाट समेत ठूलो सङ्ख्यामा श्रद्धालु झक्तजन आएका छन् । उक्त स्थानमा मेलासमेत ला