निषेधाज्ञाका बीच धार्मिक स्थल देवघाटमा मकर स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ । कोरोनाको संक्रमणको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले माघे संक्रान्तिमा देवघाट जाने भक्तजनको प्रवेशमा रोक लगाएको थियो । माघे संक्रान्तिको अवसरमा देवघाटको वेणी संगममा मकर स्नान गर्न जाने भक्तजनको घुइँचो अझै बढ्दै छ । प्रशासनले प्रवेशमा रोक लगाएपनि टाढा–टाढाबाट भक्तजन पैदलै हिँडेर देवघाट पुगेका छन् । सवारी साधन लिएर समूह भएर जाने भक्तजनलाई रोक्ने र छुट्टा–छुट्टै रुपमा पैदल जाने भक्तजनल