चितवन : पवित्र तीर्थस्थल देवघाटमा स्नान गर्न भक्तजनको घुइँचो लागेको छ। शनिबार बिहानदेखि नै देवघाट प्रवेश गर्ने भक्तजनको भीड बढ्न थालेको थियो। आज दिउँसोसम्म यो क्रम जारी रहने जनाइएको छ।विगत तीन वर्षदेखि कोभिडका कारण हुन नसकेको मकर सङ्क्रान्ति मेलामा यस वर्ष भने देशभर र भारतबाट भक्तजन आएका छन्। देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारीका अनुसार रातभर जाग्राम बस्नेहरु चितवन र तनहुँतर्फ गरी २० हजारभन्दा बढी रहेका थिए।तनहुँतर्फका गलेश्वर, महेश सन्यास, हरिहर आश्रमका सभाकक्षसमेत भरिएका थि