चितवन, माघ १ । पवित्र तीर्थस्थल देवघाटमा स्नान गर्न भक्तजनको घुइँचो लागेको छ । शनिबार बिहानबाट देवघाट प्रवेश गर्ने क्रम बढ्दै गएर आज बिहान भक्तजन देवघाट प्रवेश गरिरहेका छन् । दिउँसोसम्म यो क्रम जारी रहने जनाइएको छ । विगत तीन वर्षदेखि कोभिडका कारण हुन नसकेको मकरसङ्क्रान्ति मेला यस वर्ष हुँदा देशभर र भारतबाट भक्तजन आएका […]