आयोगको छविलाई थप उचाइमा पुर्‍याउने अध्यक्ष रेग्मीको प्रतिबद्धता, बाँकी काम सक्न १०० दिने कार्य योजना

काठमाडौँ । लोक सेवा आयोगका नवनियुक्त अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगको मूल मान्यता योग्यता, स्वच्छता र निष्पक्षताको मूल मर्मबमोजिम आयोगको छविलाई थप उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् । बिहीबार आयोगको केन्द्रीय कार्यालयमा पदभार ग्रहण गर्दै अध्यक्ष रेग्मीले सो कुरा भनेका भनेका हुन् । आयोगको मूल मर्म, योग्यता, स्वच्छताको कडीमा खरो रूपमा उत्रिन र टिमवर्कको रूपमा […]

सम्बन्धित सामग्री

लोकमार्गको वैकल्पिक सडक स्तरोन्नति हुँदै

ढोरपाटन । निसीखोला मोटरबाटोले जोडिएको धेरै भएको छैन । एक दशकअगाडि मध्यपहाडी लोकमार्गले जोडिएपछि थुप्रै शाखा सडक निर्माण भए । विसं २०६६/६७ मा लोकमार्ग निसीखोला हुँदै रुकुम जोडिएको थियो । सो मार्ग देवीस्थान–झिवाखोला हुँदै निसी जोडिएपछि बायखोला–झिम्पा क्षेत्रका स्थानीय ओझेलमा परेका थिए । विसं २०७५ मा गाउँपालिका र केन्द्र सरकारको समन्वयमा लोकमार्गको वैकल्पिक सडकका रुपमा बायखोला–झिम्पा सडक निर्माण भयो । पाँच वर्ष अगाडि निर्माण भएको वैकल्पिक सडक साँघुरो र जोखिमयुक्त छ । निसीखोला गाउँपालिकाले यस सडकलाई अघिल्लो आर्थिक वर्षदेखि स्तरोन्नति गर्न थालेको छ । गाउँपालिकाले वडा नम्बर २ को बायखोलादेखि वडा नम्बर ५ को निसी ढाँडसम्मको १५ किलोमिटर सडक स्तरोन्नति गर्न थालेको हो । यो सडक शुरूमा मध्यपहाडी लोकमार्गका लागि प्रस्तावित भए पनि अवरोध र विवादका कारण अर्कोपट्टिबाट लगिएको स्थानीय बताउँछन् । यो सडकले ढोरपाटन नगरपालिका–२ देखि निसीखोला गाउँपालिका वडा नम्बर ५ जोडेको छ । सडक स्तरोन्नतिका लागि गाउँपालिकाले १ करोड ३० लाख र केन्द्र सरकारले १ करोड ३० लाख गरी २ करोड ६० लाख विनियोजन भएको गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले जानकारी दिए । अघिल्लो आवमा गाउँपालिकाले विनियोजन गरेको ८५ लाखले काम थालनी गरेको र यस वर्ष बढी सडक स्तरोन्नति हुने गौतमको भनाइ छ । ‘यो सडक लोकमार्गको वैकल्पिक र गाउँपालिकाको गौरवको आयोजना हो, १५ किलोमिटर सडक छ, यसको स्तरोन्नति गर्न बढी नै बजेट आवश्यक पर्छ, थोरै–थोरै बजेट विनियोजन हुँदा एकैपटक काम सक्न सकिएको छैन,’ सूचना अधिकारी गौतमले भने, ‘यस वर्ष साढे २ करोडभन्दा बढी बजेट विनियोजन भएको छ, यसले अघिल्लो वर्षको तुलनामा धेरै काम हुनेछ ।’ सडक स्तरोन्नति गर्न बोलपत्र आह्वान भएको र ठेक्का सम्झौताको प्रक्रिया शुरू भएको उको भनाइ छ । यो वर्ष सडक चौडा गर्ने, नाली निर्माणलगायत काम हुने गौतमले बताए । माघ दोस्रो सातादेखि स्तरोन्नतिको काम शुरू हुने उनको भनाइ छ । अघिल्लोपटक गाउँपालिको १५ किलोमिटर सडक स्तरोन्नति तथा कालोपत्रे गर्न १५ करोडभन्दा बढी बजेट आवश्यक पर्ने अनुमान गरेको थियो । वडा नम्बर ४ का अध्यक्ष टिकानिधि पौडेलले यो सडक गाउँपालिकावासीको ‘लाइफलाइन’ भएको भन्दै हरेक वर्ष बजेट विनियोजन गरी स्तरोन्नतिको काम गरिरहेको बताए । वर्षाको समय लोकमार्ग अवरुद्ध हुने हुँदा यो सडक उपयुक्त हुने उनी बताउँछन् । ‘यो सडक निसीखोलावासीको भविष्यसँग जोडिएको छ, मध्यपहाडी लोकमार्गसँगै सडकले सयौं नागरिकको जीवन बदलिएको छ । यसको स्तरोन्नतिका लागि गाउँपालिकाले हरेक वर्ष बजेट छुट्ट्याउँदै आएको छ, केन्द्र सरकार र प्रदेश सरकारले बजेट छुट्ट्याउन जरुरी छ । यो सडक मेरो वडामा बढी पर्ने भएको हुँदा हामी स्तरोन्नतीमा जुटेका छौं ।’ गाउँपालिकाका निवर्तमान अध्यक्ष तारानाथ पौडेलले सडकको विसं २०६३ मा ट्र्याक खोल्न शुरू गरे पनि लामो समयसम्म स्थानीयस्तरमा विवाद हुँदा र बजेट अभावले सकडले पूर्णता पाउन नसकेको बताए । स्थानीय सरकार गठन भएपछि विसं २०७५ मा पालिकाले बजेट छुट्ट्याएर ट्र्याक खोलेको भन्दै अघिल्लो वर्ष स्तरोन्नतिलाई थोरै बजेट छुट्ट्याएर काम शुरुआत गरेको बताए । साविक निसी, बोहोरागाउँ र देवीस्थान गाउँ विकास समितिले २–२ लाख, अर्थ मन्त्रालयबाट ४०, डोलीडार संस्थाबाट ७ लाख, जिल्ला विकास समितिबाट ८ लाख गरी ६१ लाखमा सडकको ट्र्याक खोलेको पौडेलले स्मरण गरे । सडकले गाउँपालिका २, ४ र ५ का हजारौं नागरिकको दैनिकी फेरि दिएको छ । उनले भने, ‘लामो समयको संघर्षपछि अहिले सबै ट्र्याक खोलेका थियौं । स्तरोन्नति गर्न अहिले गाउँपालिकाले तदारुकता देखाएको छ । सडक निर्माणमा विभिन्न पक्षबीच विवाद हुँदा ढोरपाटन नगरपालिकाको पाखुतेदेखि निसीखोला–२ बायखोलासम्म–५ को ढाँडदेखि वडा नम्बर ४ को खाडचौरसम्म ट्र्याक खोलिए पनि ४ किलोमिटर सडक निर्माण नहुँदा सडक पूर्ण रूपमा जोडिएको थिएन । पालिका स्थापनाको पहिलो वर्ष हामीले ४५ लाख विनियोजन गरी ४ किलोमिटर सडक खनेर दुवैपट्टिको सडक जोडेका थियौं ।’ यो सडक मध्यपहाडी लोकमार्गभन्दा ४ किलोमिटर छोटो पर्ने स्थानीयले बताएका छन् । स्थानीय कृषक धर्मराज पोखरेलले वैकल्पिक सडकले गाउँ जोडिएपछि आफूहरूले उत्पादन गरेको फलफूल तथा तरकारीले सहज रुपमा बजार पाउन थालेको बताए । उनले गाउँमा सडक नजोडिँदा डोकोमा बोकेर बजार पुर्‍याउने गरेको भन्दै अहिले ग्राहकसमेत बारीमै तरकारी लिन आउने बताए । उनले भने, ‘पहिले गाउँमा सडक नहुँदा यहाँका कृषक, व्यवसायीलाई निकै कठिन थियो, सामान ढुवानी गर्न घोडा खच्चडको प्रयोग गर्नुपर्ने बाध्यता थियो । अहिले गाडीमार्फत सहजै सामान ढुवानी गर्न थालेका छन्, त्यति मात्रै होइन, सडकले नजोडिएको अवस्थामा गाउँमा कोही बिरामी पर्‍यो भने डोकोमा बोकेर अस्पताल पुर्‍याउनुपर्ने बाध्यता थियो, अहिले त्यो समस्याको अन्त्य भएको छ, स्तरोन्नति भएपछि अझ बढी सहज हुने छ ।’ रासस

बेनी–जोमसोम–कोरला सडक योजनाको राष्ट्रिय सभा अध्यक्षद्वारा अनुगमन

म्याग्दी – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बेनी–जोमसोम–कोरला सडक योजनाको अनुगमन गर्नुभएको छ । अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको कालीगण्डकी काेरिडोरअन्तर्गत पर्ने बेनी–जोमसोम–कोरला सडक खण्डको अनुगमन गर्नुभएको हो ।  बेनी–जोमसोम–कोरला सडक योजनाको अनुगमन गर्दै अध्यक्ष तिमिल्सिनाले समयमै सडक स्तरोन्नतिको काम सक्न योजना प्रमुखलाई निर्देशन दिनुभयो । उहाँले दुई छिमेकी देश चीन र भारतलाई जोड्ने नेपालको सबैभन्दा छोटो सडक खण्ड बेनी–जोमस...

१५ करोडको खानेपानी आयोजना : ३ वर्षमा ३ करोड मात्र खर्च !

फागुन २८, पर्वत । पर्वतको एक गाउँमा निर्माणाधीन लिफ्ट खानेपानी आयोजनाको कामले गति लिन सकेको छैन ।  जिल्लाको फलेवास नगरपालिका– ३ शंकरपोखरीमा ‘एक घर एक धारा’ पुर्‍याउने लक्ष्यसहित २०७४ फागुन महीनाबाट शुरु भएको लमाएखोला बृहत लिफ्ट खानेपानी आयोजनाले लक्ष्य अनुसार काम गर्न नसकेको हो । उक्त आयोजनाको कुल लागत १५ करोड रुपैयाँ भएपनि उपभोक्ता समितिले तीन वर्षको अवधिमा जम्मा ३ करोड रुपैयाँको मात्रै काम गरेको छ ।  आयोजनाले १ हजार ५० घरमा खानेपानीको धारा पुर्‍याउने लक्ष्य राखेको छ । उपभोक्ता समितिका अध्यक्ष शिव तिवारीका अनुसार गण्डकी प्रदेश सरकारको उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयमार्फत आयोजनाको काम अगाडी बढेको हो । मन्त्रालयले आवश्यक बजेटको सुनिश्चितता नगरिदिंदा र पटकपटक डिजाईन परिवर्तन गरिदिंदा कामले गति लिन नसकेको उनले बताए ।  उनले भने,‘ काम अनुसार मन्त्रालयले खुरुखुरु भुक्तानी दिए समस्या हुने थिएन ।’ मन्त्रालयमा सचिव र इञ्जिनीयर फेरिएपिच्छे आयोजनाको स्टिमेट फेरिदिने समस्या रहेको उनले सुनाए ।  उपभोक्ता समितिका अनुसार लमाएखोलाबाट लिमीकोटसम्म १ हजार ५०० मिटर माथिसम्म पानी तानेर गाउँमा वितरण गर्ने  लक्ष्य छ । लिमीकोटमा २ लाख लिटरको मुख्य रिजर्भवेयर टंकी, भूमेकोटमा १ लाख लिटर, थुमगाउँमा ६० हजार लिटर, भीरवारीमा ६० हजार लिटरको टं्याकी निर्माण भइसकेको छ । जिल्लाको सवैभन्दा ठूलो लिफ्ट खानेपानी आयोजनाको रुपमा रहेको यो आयोजनाको काम  दुई वर्षमै सक्ने योजना अनुरुपा तत्कालिन भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले शिलान्यास गरेका थिए । तीन वर्षसम्म पनि आयोजनाको काम नसकिएपछि बुधवार अनुगमनमा आएका गण्डकी प्रदेश सरकारको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका सचिव रामकुमार श्रेष्ठले आयोजनाको काममा बजेट अभाव नहुने प्रतिबद्धता गरेका छन् । उनले उपभोक्ता समिति र ठेकेदार कम्पनीले कुनै बाहना नगरी काम सक्न पनि निर्देशन दिए ।  आयोजनाको काममा कुनै बाधा भएमा मन्त्रालय समाधान गर्न तयार रहेको श्रेष्ठले बताएपछि उपभोक्ता समिति यहि चैत महीासम्ममा आयोजनाको काम सक्न तयार भएको छ । सिनियर डिभिजनल इञ्जिनीयर प्रेम डोटेलले उपभोक्ता समिति र ठेकेदार कम्पनीले जति सक्दो धेरै काम गरे बजेटको निकासामा मन्त्रालयले कुनै बाधा नपुर्‍याउने गरि निर्देशन दिइएको जानकारी दिए ।  उनले स्थानीय तहको चुनाव अगाडी नै प्रदेश भरिका रुग्ण र अलपत्र परेका आयोजनाको काम सक्न ताकेता गरिरहेको पनि जानकारी दिएका छन् ।

तोकिएको समयमा काम सक्न मुख्यमन्त्री भट्टको निर्देशन

डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले यहाँको प्रमुख पर्यटकीयस्थल खप्तड जोड्ने सिलगढी–बग्लेक सडकको कालोपत्रको काम ताकिएको समयमै सक्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन् । उक्त सडक निर्माण कार्यको अनुगमन तथा निरीक्षणका लागि त्यहाँ पुगेका मुख्यमन्त्री भट्टले तोकिएको समयमा कालोपत्रको काम नसकिए कारबाही गरिने चेतावनीसमेत दिएका छन् । अनुगमनकै क्रममा मुख्यमन्त्री भट्टले भने, ‘अहिले कोरोना पनि खासै छैन, तोकिएको समयमा काम सक्नुस्, बहानाबाजी गर्न पाइँदैन, काम नसके कारबाही हुन्छ ।’ सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा पर्यटकको सजिलोका लागि तथा यहाँका नागरिकको आयस्तर वृद्धिका लागि उक्त सडक कालोपत्र गर्न बजेट विनियोजन भएकाले तोकिएको समयमै काम सक्नुपर्ने मुख्यमन्त्री भट्टले निर्माण कम्पनीलाई आग्रह गरे । उक्त सडक कालोपत्रका लागि सुदूरपश्चिम प्रदेश सरकारले ४० करोड बजेट विनियोजन गरी काम सुरु भएको हो । अहिले सिलगढीबाट ओखरबोट हुँदै ओसाइल–बगलेकसम्मको पहिलो ठेक्काअन्तर्गतको सडक कालोपत्रको काम सुरु गरिएको उक्त सडक हेर्ने जिम्मा पाएका इञ्जिनीयर राजेन्द्र चौधरीले बताए ।      उनले भने, ‘तोकिएको समयमै काम सक्छौँ, ढिलासुस्ती भएको छैन ।’ सिलगढीबाट झिग्रानासम्मको सडक निर्माणको काम दुई चरणमा सम्झौता भएको छ । पहिलो चरणको ठेक्काअन्तर्गत करिब ७.३५ किमी रहेको उक्त सडकको ६५ प्रतिशत काम सम्पन्न भएको इञ्जिनीयर चौधरीले जानकारी दिए ।       उक्त निर्माणको जिम्मा सिएबी कन्स्ट्रक्सन प्रालि जावलाखेल ललितपुरले लिएको छ । सडक कालोपत्रको जिम्मा लिएसँगै कामले तीब्रता लिएको निर्माण कम्पनीको दाबी छ । विगतमा उक्त सडक वर्षातमा हिलाम्मे र हिउँदमा धुलाम्मे हुँदा वर्षौंदेखि यहाँका स्थानीयवासी सडकको समस्याले आजित बन्दै आएका थिए भने यहाँका प्रमुख पर्यटकीयस्थल खप्तडमा जानसमेत समस्या खेप्दै आएका थिए । अब सडक कालोपत्र हुन थालेपछि पर्यटकलाई खप्तड भ्रमणका लागि निकै सहज हुने होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष राजेन्द्र शाहीले बताए । उनले भने, ‘सडक सञ्जाल नभएकै कारण खप्तडमा खासै पर्यटक भित्र्याउन सकेका थिएनौँ, अब सडक कालोपत्र हुँदै छ, पर्यटक भित्र्याउन सहज हुनेछ ।’ रासस

बसपार्क नहुँदा हजारौँ बस सडकमै अलपत्र, ठेकेदारको ‘रोयल्टी’मा महानगर मख्ख

पूरानो बसपार्कमा सपिङ कम्प्लेक्ससहितको टावर बन्ने भएपछि अहिले बसपार्कको वैकल्पिक व्यवस्था गरिएको छ । तर, यत्रतत्र छरिएका अपायक स्थानका बसपार्कका कारण यात्रुलाई सास्ती छ । मध्यम दूरीमा भल्ने सवारीसाधनलाई अस्थायी बसपार्कको व्यवस्था मिलाइएको छ भने काठमाडौँ उपत्यकाभित्र चल्ने सवारीलाई यात्रु चढाउने र ओराल्ने मात्रै व्यवस्था छ ।खुलामञ्चमा ६ वर्षसम्म चलेको अस्थायी बसपार्क महानगरले गत वैशाखमा हटाएपछि अहिले सवारी साधनले बसपार्क पाएका छैनन् । भक्तपूरको सल्लाघारीस्थित खाली ठाउँलाई अस्थायी बसपार्क बनाउन सकिने भन्दै काठमाडौँ महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी नेतृत्वको कार्यदलले सुझाव दिएपछि मध्यपूरथिमी नगरपालिकाले आपत्ति जनाएपछि उक्त प्रक्रिया नै अगाडी बढ्न सकेको छैन ।ठेकेदारले तिर्ने ‘रोयल्टी’मै खुशी महानगर२०७३ मा बहुतल्ले सपिङ कम्प्लेक्ससहितको बस टर्मिनलका लागि ‘काठमाडौं टावर परियोजना’ बनाउन पुरानो बसपार्क खाली गरियो । २०७८ साउनमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ बनाउन थालिएको भ्यू टावरको काम बल्ल ७० प्रतिशत सकिएको छ ।समयमै काम नसक्दा पनि ठेकेदारले बुझाउने रोयल्टी वापतको रकम पाईरहेको भन्दै महानगर समयमै काम सक्न दबाब दिने ‘मुड’मा देखिँदैन । ठेकेदार कम्पनीले हालसम्म ७ करोड ७७ लाख ५३ हजार ३३२ रुपैयाँ महानगरलाई बुझाएको छ । ‘हरेक आर्थिक वर्षको पहिलो महिना (साउन) मा ठेकेदारले रोयल्टी बुझाउनुपर्ने सम्झौता थियो, उहाँहरुले सम्झौता अनुसार रोयल्टी बुझाईरहनु भएको छ’ महानगर स्रोत भन्छ, ‘समयमै निर्माण सम्पन्न भईदिए त राम्रो हुन्थ्यो, तर निर्माण नसकिएपनि हामीले पाउने रोयल्टी रोकिएको छैन, पाउँदै आएका छौँ ।’यद्यपी, महानगरको यातायात समितिका अध्यक्ष धर्म रिमाल भने समस्या रहेको स्वीकार गर्छन् । काठमाडौँ महानगरभित्र चल्ने ८६ कम्पनीका ८ हजार बढी सवारीसाधनले बसपार्क नपाएको उनको भनाई छ । स्वतन्त्र इन्जिनियर नियुक्त गर्न विद्या सुन्दर असफल सार्वजनिक निजी साझेदारीअन्तर्गत ११ हजार ८९० वर्ग मिटरमा टावर बन्दैछ । अण्डरग्राउण्ड २ तल्लासहित १४ तल्लाको उक्त टावर निर्माणको काम जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सले गरिरहेको छ ।साढे ३ अर्ब लागतमा बन्दै गरेको टावर महानगरले कम्पनीलाई ३० वर्षका लागि ‘लिज’मा दिएको हो । ५ वर्षमा निर्माण सम्पन्न गर्ने र २५ वर्ष कम्पनीले चलाएर महानगरलाई हस्तान्तरण गर्ने सम्झौता छ । सम्झौताअनुसार २०७३ साउन मसान्तदेखि ५ वर्षभित्र टावर बनिसक्नुपर्थ्यो । सम्झौतामा महानगरले स्वतन्त्र इन्जिनियर र प्राविधिक समिति खटाएर अनुगमन गर्न सक्ने उल्लेख गरिएपनि काठमाडौँका मेयर विद्यासुन्दर शाक्यले हालसम्म स्वतन्त्र इन्जिनियर नियुक्त गर्न सकेका छैनन् ।

कार्यदललाई भोलिसम्म काम सक्न गठबन्धनका शीर्ष नेताहरूको निर्देशन

काठमाडौं । सत्तारूढ गठबन्धका शीर्ष नेताहरूले कार्यदललाई बुधबार (भोलि) भित्र प्रतिवेदन बुझाइसक्न निर्देशन दिएका छन् । मंगलबार साँझ बालुवाटरमा बसेको शीर्ष नेताहरूको बैठकले सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम, सरकार सञ्चालन कार्यविधि, सरकार सञ्चालन संहिता बनाउने जिम्मेवारी पाएको कार्यदललाई छिटो प्रतिवेदन तयार पारेर बुझाउन भनेको बैठकमा सहभागी जसपा अध्यक्ष उपेन्द्र यादवले...

काष्ठमण्डप पुनर्निर्माण नियमित

काठमाडौं । निषेधाज्ञामा पनि ऐतिहासिक सम्पदा काष्ठमण्डप पुनर्निर्माणको काम नियमित भइरहेको छ । हाल दैनिक ३० कामदारले नियमित काम गरिरहेको उक्त सम्पदाको पुनर्निर्माणको कामदारले सुरक्षाको मापदण्ड अपनाई भौतिक दूरी कायम गरेर काम गरिरहेका छन् । पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण दर अत्यधिक बढेपछि निर्माणको काम नरोक्ने तर कामदारबीच दूरी कायम गर्ने सहमतिअनुरुप काम भइरहेको हो । यही वैशाखभित्र पुनर्निर्माणको काम सकी उद्घाटन गर्ने तयारी रहे पनि छानो छाउने काठ समयमै उपलब्ध नहुँदा पुनर्निर्माणको काम सक्न अझै केही समय लाग्ने भएको छ । पुनर्निर्माणको कामअन्तर्गत अहिले छानो छाउने काम भइरहेको छ । छानोकै लागि रौतहटबाट ल्याइएका काठ हेटौंडामा आइपुगेको छ । आठसय क्युफिट (घनफिट) काठ चिरेर ल्याउनुपर्ने भएकाले सोहीअनुरुप ल्याउने तयारी भइरहेको काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिए । उक्त सम्पदाको हालसम्म पुनर्निर्माणको ९० प्रतिशत काम सम्पन्न भएको छ । छानाका लागि आठ हजार क्युफिट काठ आवश्यक पर्दछ । पुनर्निर्माणका लागि जम्मा १७ हजार ५८ क्युफिट काठ आवश्यक पर्दछ । विसं २०७२ को भूकम्पले पूर्णरूपमा क्षति पुगेको ऐतिहासिक काष्ठमण्डप तीन वर्षअघि पुनर्निर्माणका लागि क्षमापूजा गरिएको थियो । उक्त ऐतिहासिक सम्पदा पुनर्निर्माणका लागि १९ करोड खर्च लाग्ने अनुमान गरिएकोमा काठमाडौं महानगरपालिकाले सहयोग गर्दै आएको छ । रासस

फलेवासको खानीगाउँमा खानेपानीको समस्या हट्दै

पर्वत । पर्वतको फलेवास नगरपालिका–५ खानीगाउँकी सन्तुमाया परियारलाई हिउँद लागेसँगै पानीको जोहो निकै मुश्किल पर्थ्यो । सबेरै उठेर आधा घण्टाको बाटो पानी बोक्न कुवामा पुग्नुपर्थ्यो । पालोमा बल्लबल्ल पानी भरेर फर्किंदा ९ बज्थ्योे । तर, अहिले विगत फेरिएको । दैलोमै धारा बनेपछि सन्तुमायालाई अब दुःखका दिन गए भन्ने लागेको छ । आँगनमा नयाँ धारो बनेपछि अबको एक महिनामा धारोमा पानी आउने खुशीले उनलाई चयनको निद्रा लाग्न थालेको छ । उनी जस्तै सरला परियार पनि आँगनमै धारो बनेपछि उत्साहित छिन् । फलेवास नगरपालिका–५ खानीगाउँमा अहिले घरैपिच्छे धारा बन्न थालेपछि सन्तुमाया र सरलाजस्तै ७०० घरपरिवारका गृहिणी खुशी छन् । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा खानीगाउँमा ‘एक घर एक धारा’ जडान हुन थालेको हो । यो योजनाका लागि गण्डकी प्रदेश सरकारले १ करोडभन्दा बढी रकम भुक्तानी दिइसकेको छ । खानेपानीको समस्यामा रहेका खान्ीगाउँवासीका लागि यो आयोजना वरदान सावित भएको खानीगाउँ खानेपानी उपभोक्ता समितिका अध्यक्ष विक्रम जिसीले जानकारी दिए । आयोजनाको काम सक्न ७ करोडभन्दा बढी रकम लाग्ने अनुमान गरिएको उनले बताए । आयोजनाले साविक खानीगाउँ गाविसको ९ नम्बर र खोलाखेत बाहेकका अन्य वडाहरूलाई समेट्नेछ । १४ किलोमिटरको टाढाबाट पाइपमार्फत गाउँमा ल्याइएको पानी संकलन गर्न ४ वटा फिल्टर र रिजर्भेसन ट्यांकी निर्माण गरिएको छ । यस योजना सम्पन्न भएपछि यहाँका ७०० घरपरिवार लाभान्वित हुनेछन् । हालसम्म ३५० घरमा धारा निर्माण गरिसकिएको छ । आयोजनाको काम हालसम्म ८० प्रतिशत काम सम्पन्न भएको दाबी उपभोक्ता समितिको छ । जिल्लाको समथर भूभाग मानिएको फलेवास क्षेत्रमा खानेपानीको गतिलो स्रोत नहुँदा विशेषतः चैत, वैशाख र जेठमा खानेपानीको चरम अभाव हुने गरेको छ । हिउँदमा भएको स्रोत समेत सुक्दा खानेपानीकै लागि घण्टौ लाइनमा बस्नुपर्ने बाध्यता छ ।

प्रदेश ५ मा एकताका लागि नेकपाको कार्यदल

बुटवल : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश ५ ले जिल्ला तहमा एकताका लागि कार्यदल बनाएको छ।  प्रदेश ५ का १२ जिल्लाका जिल्ला कमिटिका लागि सिफारिस गर्नका लागि कार्यदल बनाएको प्रदेश ५ अध्यक्ष ओनसरी घर्ती मगरले जानकारी दिइन्। २० दिनभित्र काम सक्न निर्देशन दिएको जिल्ला स्तरीय कार्यदलमा ४–४ जना सदस्य छन्। कार्यदललाई ज...