बेनी–जोमसोम–कोरला सडक योजनाको राष्ट्रिय सभा अध्यक्षद्वारा अनुगमन

म्याग्दी – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बेनी–जोमसोम–कोरला सडक योजनाको अनुगमन गर्नुभएको छ । अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको कालीगण्डकी काेरिडोरअन्तर्गत पर्ने बेनी–जोमसोम–कोरला सडक खण्डको अनुगमन गर्नुभएको हो ।  बेनी–जोमसोम–कोरला सडक योजनाको अनुगमन गर्दै अध्यक्ष तिमिल्सिनाले समयमै सडक स्तरोन्नतिको काम सक्न योजना प्रमुखलाई निर्देशन दिनुभयो । उहाँले दुई छिमेकी देश चीन र भारतलाई जोड्ने नेपालको सबैभन्दा छोटो सडक खण्ड बेनी–जोमस...

सम्बन्धित सामग्री

बेनी-जोमसोम-कोरला सडक : तिप्ल्याङमा घरटहरा भत्काउन थालियो

म्याग्दी– राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ तिप्ल्याङमा सडकमा पर्ने घरटहरा हटाउन थालिएको छ । बेनी–जोमसोम–कोरला सडक योजनाले तिप्ल्याङस्थित सडक छेउछाउमा पर्ने घरटहराको क्षतिपूर्ति बुझ्न र संरचना यही फागुन २५ गतेभित्र हटाउन फागुन ११ गते १५ दिने सार्वजनिक सूचना जारी गरेको थियो । सम्बन्धित घरधनीले घरटहरा र गोठहरूको क्षतिपूर्ति बुझेर संरचना […]

बेनी–जोमसोम–कोरला सडक निर्माणलाई गति दिन मन्त्री ज्वालाको निर्देशन

म्याग्दी – भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक निर्माणलाई गति दिन निर्देशन दिएका छन्। बेनी–जोमसोम–कोरला सडक म्याग्दी खण्डको आज निरीक्षणका क्रममा मन्त्री ज्वालाले निर्माणमा ढिलाइ भएको भन्दै सम्बन्धित निर्माण व्यवसायीलाई निर्देशन दिए। ‘राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर सडक आयोजनामा भएको ढिलासुस्तीले सबैको ध्यान तानेको छ,’ उनले भने, ‘कतिपय स्थानमा […]

कालीगण्डकी करिडोरः महभीर–पोखरेबगर खण्डमा कालोपत्रे सुरु

म्याग्दी – राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी (जोमसोम) कोरला सडक योजनाअन्तर्गत म्याग्दीको महभिर९पोखरेबगर खण्डमा कालोपत्र सुरु भएको छ। अन्नपूर्ण गाउँपालिका–७ महभिरबाट वडा नं ६ पोखरेबगर र भुरुङ्ग तातोपानी क्षेत्रमा सडक कालोपत्र गर्न थालिएको हो। बेनी–जोमसोम–कोरला सडक योजनाका इन्जिनियर अच्युतविलास पन्तले ठेकेदार कम्पनीले यसअघि प्राइम कोड बिछ्याएको पोखरेबगर र भुरुङ्ग–तातोपानी क्षेत्रमा बिटुमिन र चिप्ससहित पहिलो कोड […]

नागढुङ्गा-काभ्रे खण्डकाे निर्माण कार्य सुरु

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी-जोमसोम-कोरला सडक योजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको नागढुङ्गादेखि काभ्रे खण्डमा चार वर्षपछि सडक निर्माण पुनः प्रारम्भ भएको छ।...

ठेक्का सम्झौताको दुुई वर्षपछि सडक निर्माण सुुरु

म्याग्दी, भदौ २३ । ठेक्का सम्झौता भएको दुुई वर्षपछि मुुस्ताङको जोमसोम-कागबेनी सडक निर्माणको काम सुुरु भएको छ । राष्ट्रिय गौरवको कालीगण्डकी करीडोर बेनी-जोमसोम-कोरला सडक आयोजनाअन्तर्गत मुुस्ताङको सदरमुकाम जोमसोमदेखि धार्मिक पर्यटकीयस्थल बारागुुङ मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनी जोड्ने सडक विस्तार र कालोपत्र गर्न २०७८ असोज ४ गते ठेक्का सम्झौता भएको थियो । बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख प्रजापतिले ठेक्का […]

बेनी-जोमसोम सडकमा दश स्थानमा पहिरोका जोखिम

म्याग्दी, १२ भदौ । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक खण्डमा १० स्थानमा ठूलो पहिरोको जोखिम रहेको अध्ययनबाट पहिचान भएको छ । म्याग्दीको बेनीबाट मुस्ताङको घाँससम्मको ४० किलोमिटर दूरीको सडक पहिरोबाट प्रभावित छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत् प्रजापतिले बेनी–घाँसा खण्डका पहिरोको विस्तृत अध्ययन थालिएको जानकारी दिए । “सडक निर्माण गर्दा पहिरो जाने सम्भावित […]

बेनी–जोमसोम–कोरला सडक पाँच दिनका लागि पूर्णरूपमा बन्द

म्याग्दी : रघुगंगा गाउँपालिका–२ बैसरीमा पहिरो रोकथाम गर्न बेनी–जोमसोम–कोरला सडकखण्ड पाँच दिनका लागि पूर्णरूपमा बन्द गरिने भएको छ। म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने सडकखण्ड अन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिकाको राहुघाट–तातोपानी खण्डमा माथिबाट पहिरो जाने क्रम शुरु भएकाले सडक बन्द गर्न लागिएको हो। भोलिदेखि साउन ३२ गते बिहीबारसम्म पाँच दिनका लागि उक्त सडकखण्ड पूर्णरूपमा बन्द हुनेछ। म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी

बेनी–जोमसोम–कोरला सडक अन्तर्गत राहुघाट नदीमाथि पक्की पुल निर्माण

म्याग्दी, १३ मंसिर । राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत राहुघाट नदीमाथि पक्की पुल निर्माण गरिएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाले बेनी नगरपालिका–९ र रघुगङ्गा गाउँपालिका–३ को सिमाना भएर बग्ने राहुघाट नदीमाथि मोटर चल्ने पुल बनाएको हो । आयोजना प्रमुख जगत प्रजापतिले ४० मिटर लामो र ११ मिटर चौडाइ भएको प्रिस्टेड प्रविधिको राहुघाट नदीमा बनेको […]

बेनी-जोमसोम-कोरला सडक आयोजनाः म्याग्दीखण्डको काममा चरम ढिलासुस्ती

म्याग्दी - उत्तर-दक्षिण चीन र भारत जोड्ने सबैभन्दा छोटो दूरी राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बेनी-जोमसोम खण्डको काममा चरम ढिलासुस्ती भएको छ । सामान्य मार्ग निर्माण सकिएसँगै स्तरोन्नतिका लागि २०७३ मङ्सिरदेखि यस करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक आयोजना सञ्चालन गरिएको थियो । निर्माण अवधि सकिएको एक वर्ष बितिसक्दा समेत अहिलेसम्म जम्मा ६५ प्रतिशत मात्रै भौतिक प्रगति भएको आयोजनाले जनाएको छ । म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङको सदरमुकाम जोमसोमसम्म कालोपत्रे र जोमसोमदेखि कोरला नाकासम्म ग्राभेल गर्ने गरी स...

बेनी–जोमसोम–कोरला सडक आयोजनालाई बजेटको अभाव

बजेट अभावले राष्ट्रिय गौरवको कालिगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाको काम प्रभावित भएको छ ।