तोकिएको समयमा काम सक्न मुख्यमन्त्री भट्टको निर्देशन

डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले यहाँको प्रमुख पर्यटकीयस्थल खप्तड जोड्ने सिलगढी–बग्लेक सडकको कालोपत्रको काम ताकिएको समयमै सक्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन् । उक्त सडक निर्माण कार्यको अनुगमन तथा निरीक्षणका लागि त्यहाँ पुगेका मुख्यमन्त्री भट्टले तोकिएको समयमा कालोपत्रको काम नसकिए कारबाही गरिने चेतावनीसमेत दिएका छन् । अनुगमनकै क्रममा मुख्यमन्त्री भट्टले भने, ‘अहिले कोरोना पनि खासै छैन, तोकिएको समयमा काम सक्नुस्, बहानाबाजी गर्न पाइँदैन, काम नसके कारबाही हुन्छ ।’ सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा पर्यटकको सजिलोका लागि तथा यहाँका नागरिकको आयस्तर वृद्धिका लागि उक्त सडक कालोपत्र गर्न बजेट विनियोजन भएकाले तोकिएको समयमै काम सक्नुपर्ने मुख्यमन्त्री भट्टले निर्माण कम्पनीलाई आग्रह गरे । उक्त सडक कालोपत्रका लागि सुदूरपश्चिम प्रदेश सरकारले ४० करोड बजेट विनियोजन गरी काम सुरु भएको हो । अहिले सिलगढीबाट ओखरबोट हुँदै ओसाइल–बगलेकसम्मको पहिलो ठेक्काअन्तर्गतको सडक कालोपत्रको काम सुरु गरिएको उक्त सडक हेर्ने जिम्मा पाएका इञ्जिनीयर राजेन्द्र चौधरीले बताए ।      उनले भने, ‘तोकिएको समयमै काम सक्छौँ, ढिलासुस्ती भएको छैन ।’ सिलगढीबाट झिग्रानासम्मको सडक निर्माणको काम दुई चरणमा सम्झौता भएको छ । पहिलो चरणको ठेक्काअन्तर्गत करिब ७.३५ किमी रहेको उक्त सडकको ६५ प्रतिशत काम सम्पन्न भएको इञ्जिनीयर चौधरीले जानकारी दिए ।       उक्त निर्माणको जिम्मा सिएबी कन्स्ट्रक्सन प्रालि जावलाखेल ललितपुरले लिएको छ । सडक कालोपत्रको जिम्मा लिएसँगै कामले तीब्रता लिएको निर्माण कम्पनीको दाबी छ । विगतमा उक्त सडक वर्षातमा हिलाम्मे र हिउँदमा धुलाम्मे हुँदा वर्षौंदेखि यहाँका स्थानीयवासी सडकको समस्याले आजित बन्दै आएका थिए भने यहाँका प्रमुख पर्यटकीयस्थल खप्तडमा जानसमेत समस्या खेप्दै आएका थिए । अब सडक कालोपत्र हुन थालेपछि पर्यटकलाई खप्तड भ्रमणका लागि निकै सहज हुने होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष राजेन्द्र शाहीले बताए । उनले भने, ‘सडक सञ्जाल नभएकै कारण खप्तडमा खासै पर्यटक भित्र्याउन सकेका थिएनौँ, अब सडक कालोपत्र हुँदै छ, पर्यटक भित्र्याउन सहज हुनेछ ।’ रासस

सम्बन्धित सामग्री

तनहुँ जलविद्युत्‌को समय धकेलिने जोखिम

तनहुँ हाइड्रोपावर लिमिटेडले बनाइरहेको १ सय ४० मेगावाट उत्पादन क्षमताको तनहुँ जलविद्युत् आयोजनाले तोकिएको समयभित्र निर्माण सम्पन्न गर्न नसक्ने देखिएको छ । ठेकेदार कम्पनीले काममा ढिलासुस्ती गरेपछि आयोजनाको निर्माण सम्पन्न मिति पर धकेलिने भएको हो ।काम सुस्त भएपछि अघिल्लो साता मात्रै तनहुँ हाइड्रोपावर सञ्चालक समितिले आयोजनाका ठेकेदार, परामर्शदाता तथा इन्जिनियरहरूलाई बोलाएर तोकिएको समयभित्रै काम सक्न निर्देशन दिएको छ ।

चैत मसान्तसम्ममा मेलम्चीको पानी काठमाडौँ पुग्छः चौधरी

बिहीबार हेलम्बु–१ मा रहेको मेलम्ची खानेपानीको बाँधस्थल पुगेका मन्त्री चौधरीले तोकिएको समयमा काम सक्न ठेकेदार कम्पनी र सम्बन्धित कर्मचारीलाई निर्देशन दिए। अहिले हेडवक्र्स र सुरूङ सफा गर्ने काम भइरहेको छ।...

तोकिएकै समयमा काम सक्न भूमि आयोगका पदाधिकारीलाई मन्त्रीको निर्देशन

१९ पुस, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले राष्ट्रिय भूमि आयोगका पदाधिकारी र कर्मचारीलाई समयमा काम सम्पन्न गर्न निर्देशन दिएकी छन् । मन्त्री श्रेष्ठले बहाना देखाएर काम पन्छाउने वा भाग्न नपाइने भन्दै कार्ययोजनाअनुसार छिटो र परिणाममुखी काम गर्न निर्देशन दिएकी हुन् । तोकिएको कार्य तोकिएकै समयमा उत्कृष्ट रुपले सम्पन्न गर्न […]

खप्तड सडकको काम छिटो सक्न मुख्यमन्त्री भट्टको निर्देशन

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सिलगढीदेखि झिग्राना हुँदै खप्तड जोड्ने सडकको काम चाँडो सक्न निर्देशन दिएका छन् ।सडकको मुख्यमन्त्री भट्टले मंगलवार अनुगमन तथा निरीक्षण गर्दै तोकिएको समयावधिभित्र काम सक्न सम्बन्धित निर्माण कम्पनीलाई निर्देशन दिए ।मुख्यमन्त्री भट्टले भने, ‘खप्तड सडक चाँडो पिच गरिए यहाँ पर्यटकलाई सहज ह...

तोकिएको समयमै तामाकोसीको काम सक्न प्रधानमन्त्रीको निर्देशन - Naya Patrika

आयोजना धकेल्ने कुनै पनि बहाना अस्वीकार्य – प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशी लगानीमा निर्माण भइरहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको काम तोकिएको समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् । स्वदेशी लगानीको...पूरा पढ्नुहोस् »