अमेरिकामा ११ सेप्टेम्बर २००१ मा भएको हवाई हमलाबारे एफबीआई नयाँ सूचना बाहिर ल्याएको छ । एफबीआईले १६ पृष्ठ लामो दस्तावेज सार्वजनिक गरेको हो । यस दस्तावेजमा दुईजना साउदी अपहरणकारीलाई लजिस्टिक सहयोग प्राप्त भएको विषय पनि समावेश छ । अमेरिकामा रहेका आफ्नो साउदी सहयोगीहरुसँग अपहरणकारीहरुको सम्पर्क रहेको यस दस्तावेजले देखाउँछ । तर, साउदी सरकार यस घटनामा समावेश रहेको पुष्टि भने यी दस्तावेजहरुले गर्न सक्दैनन् । जो बाइडेनले यसअघि नै सेप्टेम्बर ११ बारेका दस्तावेज र सामाग्रीहरु सार्वजनिक गर्न निर्द