सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकी भूमिमा भएको आतंकवादी आक्रमणले धेरैलाई स्तब्ध बनायो । जलिरहेको ट्विन टावरमाथि फसेका मानिसहरू ज्यान बच्ने आशामा भवनबाट हामफालेका मानिसको दृश्यको छाप धेरैको दिमागमा लामो...
यो फोटो सम्झनुभएको छ ? २२ वर्षअघि आज अर्थात् सेप्टेम्बर ११ का दिन वर्ल्ड ट्रेड सेन्टरमा भएको आतंकवादी आक्रमणपछि त्यो गगनचुम्बी भवनबाट हाम्फाल्दै गरेको फोटो हो यो। फोटो पछाडिको कथा झन् रोचक छ, फोटो खिच्ने फोटोग्राफर आफै एउटा इतिहास हुन्, आलोचना पनि चर्को खेप्नु पर्यो यो फोटोले, हाम्फाल्ने को हो भनेर पत्ता लगाउन पत्रकारहरुलाई कति… Continue reading
काठमाडौँ- आज सेप्टेम्बर ११ अर्थात अमेरिकी इतिहासको कालो दिन हो । सन् २००१ को सेप्टेम्बर ११ मा आङ्कवादी संगठन अल कायदाका आक्रमणकारीको एउटा समूहले अमेरिकी यात्रुवाहक विमानलाई नियन्त्रणमा लिएर आत्मघाती हमला गराएका थिए । विश्वको सर्वशक्तिमान मुलुक अमेरिकी भूमिमा गराइएको यस हमलाले विश्वलाई नै आश्चर्यचकित एवम् स्तब्ध पारेको थियो । विशेष तालिमप्राप्त ती आतङ्कवादीको समूहले […]
न्युयोर्क – आज सेप्टेम्बर ११ अर्थात् अमेरिकी इतिहासको कालो दिन हो। सन् २००१ को सेप्टेम्बर ११ को मंगलबार आक्रमणकारीको एउटा समूहले अमेरिकी यात्रुवाहक विमानलाई आफ्नो नियन्त्रणमा लिएर चार ओटा आत्मघाती बम हमला गराएको थियो। हमलाले विश्वलाई नै स्तब्ध पारेको थियो। अतिवादीले क्यालिफोर्निया उड्न लागेका चार वटा विमानलाई अपहरण गरी न्युयोर्क र वासिंगटनका महत्त्वपूर्ण भवनमा जोताएका थिए। […]
आज सेप्टेम्बर ११ अर्थात अमेरिकी इतिहासको कालो दिन हो । सन् २००१ सेप्टेम्बर ११ को मंगलबार आक्रमणकारीको एउटा समूहले अमेरिकी यात्रुवाहक विमानलाई आफ्नो नियन्त्रणमा लिएर चार ओटा आत्मघाती बम हमला गराएको थियो । हमलाले विश्वलाई नै स्तब्ध पारेको थियो ।अतिवादीले क्यालिफोर्निया उड्न लागेका चार वटा विमानलाई अपहरण गरी न्युयोर्क र वासिङ्टनका महत्वपूर्ण भवनमा जोताएका थिए । दुई विमानलाई विश्व व्यापार केन्द्रको जुम्ल्याहा भवनमा विस्फोट गराइएको थियो । स्थानीय समयअनुसार मंगलबार बिहान ८ बजेर ४६ मिनेटमा
अमेरिकाको साउथ क्यारोलाइनामा सेप्टेम्बर ११ को स्मरणदिवसको अवसरमा बनाइएको स्मारकमा अज्ञात व्यक्तिहरूले बदमासी गरेका छन् ।
उनीहरूले स्प्रे प्रयोग गरेर स्मारकमा तालिबान लेखेका छन् ।
उक्त स्मारक नजिक लगभग एक हजारवटा अमेरिकी झण्डा राखिएका थिए । दुईवटा टावर पनि बनाइएको थियो । मानिसहरूले श्रद्धाञ्जलि पनि दिइरहेका थिए ।
तर बदमासहरूले स्प्रे गरेर तालिबान लेखिदिए ।
सेप्टेम्बर ११ को आक्रमणपछि अमेरिकाले अलकायदा प्रमुख ओसामा बिन लादेन बसेको ठाउँ अफगानिस्तानमा आक्रमण गरेर तालिबानलाई सत्ताच्युत ग...
अमेरिकाले सेप्टेम्बर ११ को हवाई हमलाको २० औं बर्षगाठको संझना गरेको छ । शोक सभा आयोजना गर्दै अमेरिकाले यस त्रासदीपूर्ण घटना सम्झिएको हो । सेप्टेम्बर ११ कै पूर्व सन्ध्यामा अफगानिस्तानबाट अमेरिकी सेना फर्किएको थिए, त्यहाँ अहिले तालिबान सत्तामा छ । न्युयोर्कमा आयोजित स्मृतिसभामा सहभागी भएकाहरुले सेप्टेम्बर ११ मा मारिएकाहरुको सम्झना गरेका छन् । अमेरिकी इतिहासकै सबैभन्दा खतरनाक विदेशी हमलामा ३ हजार मानिस मारिएका थिए । यसक्रममा अमेरिकाका तीनवटा विमानस्थलबाट उनीहरुका आफन्तले भक्कानिएर त्यस त्
पिटर हचिसन-
न्यूयोर्क : अमेरिकाले शनिबार न्युयोर्कमा सेप्टेम्बर ११ को आतङ्कवादी आक्रमणको संस्मरणमा स्थानीय समय अनुसार ८:४६ बजे केही समय मौन धारण गरी मृतकहरूको स्मरण गरेको छ। सन् २००१ सेप्टेम्बर ११ को उक्त समयमा आतङ्ककारीद्वारा अपहरण गरिएको एक विमानलाई विश्व व्यापार केन्द्रमा ठोक्याएर दुर्घटनाग्रस्त गराइएको थियो।
एक शान्त तथा…
अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनले आगामी शनिबार न्यूयोर्क, पेन्सिलभेनिया र भर्जिनिया पुगी सेप्टेम्बर ११ को आतङ्ककारी आक्रमण स्थलको अवलोकन भ्रमण गर्ने भएका छन् । सन् २००१ सेप्टेम्बर ११ मा भएको आतङ्ककारी आक्रमणको २० औँ बर्षका दिन हुने अवलोकन भ्रमणलाई विशेष महत्वका साथ लिइएको छ ।ह्वाइट हाउसले ट्वीटर सन्देशमार्फत जानकारी गराए अनुसार, सेप्टेम्बर ११ शनिबारका दिन बाइडेन दम्पतीले सेप्टेम्बर ११ हमलाका तीनै स्थलमा यात्रा गरेर २० वर्षअघि गुमाएका जीवनलाई सम्मान र स्मरणीय बनाउनेछन् । अमे
वासिङ्टन / अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्धग्रस्त मुलुक अफगानिस्तानबाट आगामी सेप्टेम्बर ११ भित्र सबै अमेरिकी सेना फिर्ता गर्ने तयारी गरेको उनी अमेरिकी अधिकारीहरुले बताएका छन्
काठमाण्डौ – आउँदो सेप्टेम्बर ११ सम्ममा सबै अमेरिकी सैनिकले अफगानिस्तान छाड्ने भएका छन् ।
राष्ट्रपति जो बाइडनले आगामी सेप्टेम्बर ११ तारिखअघि सबै अमेरिकी सैनिकहरूले अफगानिस्तान छाड्ने घोषणाको तयारी गर्नुभएको अमेरिकाका सरकारी अधिकारीहरुले बताएका छन् । गएको वर्ष तालिबान र डोनाल्ड ट्रम्प प्रशासनबीच भएको सम्झौताअनुसार अमेरिकी सैनिकहरूले आउँदो मे महिनासम्ममा अफगानिस्तान छाड्नुपर्ने थियो । तर, राष्ट्रपति बाइडनले मे १ तारिखको समयसीमामा सैनिकहरू फिर्ता गर्ने काम सक्न कठिन रहेको बताउँदै आउनुभएको थियो ।
आउँदो सेप्टेम्बर ११ ...