नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले जनतालाई सेवा दिन राजनीति हुनुपर्ने बताएका छन् । स्व.कृष्ण गोपाल फाउण्डेसनद्वारा धादिङको धुनीबेसीमा शनिबार आयोजित निःशुल्क स्वास्थ परीक्षण, औषधि तथा चस्मा वितरण कार्यक्रममा सभापति बानियाँले जनतालाई सेवा दिनका लागि राजनीति हुनुपर्ने बताए ।उनले राजनीतिलाई सबैले बुझ्दा मात्रै जनता र देशको सेवा हुने बताए । ‘जनतालाई सेवा दिनको लागि राजनीति गरेको हो’, उनले भने, ‘राजनीति सबै नागरिकले बुझ्नुपर्छ । ठीक व्