काठमाडौं : चार दशकभन्दा बढी राजनीति गरेका सांसद अच्युतप्रसाद मैनालीले सदनमा शालीन, बौद्धिक र प्रखरवक्ताको परिचय बनाएका छन्। विसं २०३८ देखि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुमा संलग्न उनी नेपाल ल क्याम्पस स्ववियु सभापति, नेकपा एमाले बारा जिल्ला कमिटी सदस्य, कोल्हवी गाविस उपाध्यक्ष, जिविस सदस्य, एमाले बारा जिल्ला सचिवको जिम्मेवारी सम्हालेको उनीसँग अनुभव छ। विसं २०७४ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतत्वको सरकारको जनसम्पर्क सल्लाहकार भई काम गरेका नेत