योआन लपोर्ता बार्सिलोना फूटबल क्लबमा दोस्रोपटक अध्यक्ष निर्वाचित भएका छन् ।
यसअघि उनी सन् २००३ देखि २०१० सम्म क्लबको नेतृत्वमा थिए । उनी बार्सिलोनामा छँदा टीमले दुईपटक च्याम्पियन्स लीग, चारपटक ला लिगा र कोपा दे रे उपाधि जितेको थियो ।
अध्यक्ष पद पाएपछि लपोर्ताले लियोनल मेस्सीले क्लबमा खेलेको भूमिकालाई उजागर गरे अनि मतदान प्रक्रियामा भाग लिएकोमा मेस्सीको प्रशंसा गरे ।
मेस्सी क्लबमा बसिरहनेमा आफू विश्वस्त रहेको उनले बताए । मेस्सीले बार्सिलोनाको युथ टीमबाट डेब्यु गरेको २० वर्ष भएकोमा उनले जोड दिए ।&nbs...