विस्तृत परीक्षण र मर्मत (सी–चेक) गर्न काठमाडौंबाट पोखराका लागि उड्दा उड्दै सौर्य एयरलाइन्सको विमान बुधबार काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको छ । हरेक वर्षजस्तो भइरहेका दुर्घटनाले नेपालको हवाई सुरक्षाप्रति विश्वको ध्यान खिचिएको छ ।
२१ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलम ९ साउन २०८१ मा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटना जाँच आयोगले प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को नियमानुसार ठूला जहाज दुर्घटना जाँच …
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गबाट सौर्य एयरलाइन्स उड्ने बित्तिकै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । पाइलट मनिषरत्न शाक्यको भने काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीलाई पदबाट हटाएर वा निलम्बनमा राखेर मात्रै हवाई दुर्घटनाको छानबिन अघि बढाउन सांसदहरूले सरकारलाई सुझाएका छन् । दुर्घटनाको स्वच्छ छानबिनका लागि मुख्य गरी प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई पदबाट हटाउनैपर्नेमा उनीहरूले जोड दिएका छन् ।