सौर्य एयरलाइन्स जहाज दुर्घटना

नेपाल नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीलाई पदबाट हटाएर वा निलम्बनमा राखेर मात्रै हवाई दुर्घटनाको छानबिन अघि बढाउन सांसदहरूले सरकारलाई सुझाएका छन् । दुर्घटनाको स्वच्छ छानबिनका लागि मुख्य गरी प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई पदबाट हटाउनैपर्नेमा उनीहरूले जोड दिएका छन् ।

सम्बन्धित सामग्री

सौर्य एयरलाइन्स दुर्घटना : प्रारम्भिक प्रतिवेदनले के देखायो ?

२१ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलम ९ साउन २०८१ मा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटना जाँच आयोगले प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को नियमानुसार ठूला जहाज दुर्घटना जाँच …

सौर्य एयरलाइन्स जहाज दुर्घटना : शव हस्तान्तरण शुक्रबारसम्म

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरूको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुर्‍याइएको छ । अस्पतालले आवश्यक मुचुल्का तथा कागजपत्र मिलाएर शवको पोस्टमार्स्टम सुरु गरिसकेको छ । एउटा शवको पोस्टमार्टम सक्न कम्तीमा ४ घण्टा लाग्ने अस्पतालले जनाएको छ ।

सौर्य एयरलाइन्स जहाज दुर्घटना : एकै परिवारका ३ जनाको मृत्यु

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको । सौर्य एयरलाइन्समा प्राविधिक रहेका मनुराज शर्मा उनकी श्रीमती प्रिजा खतिवडा र छोरा अधिराज शर्मा गरी एकै परिवारका तीनको ज्यान गएको हो । प्रिजा ऊर्जा मन्त्रालयमा कम्प्युटर अपरेटरका रूपमा कार्यरत थिइन् ।

सौर्य जहाज दुर्घटना : १८ जनाको मृत्यु, पाइलटको उद्धार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गबाट सौर्य एयरलाइन्स उड्ने बित्तिकै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । पाइलट मनिषरत्न शाक्यको भने काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

सौर्य एयरलाइन्स जहाज दुर्घटना : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । दिउँसो १ बजेदेखि विमानस्थल नियमित सञ्चालनमा आएको विमानस्थलले जनाएको छ ।