खाद्यान्न र पुस्तक पसल ११ बजेसम्म खाेल्न दिने, उपत्यकाकाे निषेधाज्ञा एक साता लम्बियो

काठमाडौं :  काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता लम्ब्याइएको छ। उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुकाे आइतबार बसेकाे बैठकले केही खुकुलाे पार्दै निषेधाज्ञा एक साता थप्ने निर्णय गरेको हो। ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले एक साता निषेधाज्ञा थप्ने निर्णय भएकाे जानकारी दिए। उनले केही क्षेत्रमा समेत खुकुलो बनाएको जानकारी दिए। उनका अनुसार १ गतेबाट खाधान्न पसल, तरकारी पसल र पुस्तक पसल बिहान ११ बजेसम्म खोल्न पाइने छ। ‘कृषि बस्तुको ढुवानी गर्न पाइने निर्णय भएको छ,’उनले...

सम्बन्धित सामग्री

उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्बियो, अब पुस्तक पसल पनि खुल्ने

न्युज अफ नेपाल, काठमाडौँ । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा थप एक साताका लागि लम्ब्याइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीबीच आज बसेको संयुक्त बैठकले निषेधाज्ञा थप एक साता लम्ब्याउने निर्णय गरेको हो । आजको बैठकका अनुसार अब तरकारी तथा खाद्यान्न पसल बिहान ११ बजेसम्म खुल्नेछन् भने अनलाइन, होम डेलिभरीका सेवा समेत सञ्चालनमा […]

खुकुलो बन्दै लम्बियो उपत्यकाको निषेधाज्ञा

काठमाडौं। खुकुलो बन्दै काठमाडौं उपत्यकाको निषेधाज्ञा थप एक साता लम्बिएको छ। उपत्यकाका तीन जिल्लाका प्रमुखहरुले असारको पहिलो सातासम्म लम्ब्याएको निषेधाज्ञालाई खुकुलो बनाएका हुन्। जसमा बिहान ११ बजेसम्म तरकारी, खाद्यान्न र पुस्तक पसल खोल्न पाउने, दिउँसो ४ बजेपछि पुस्तक पसल खोल्न पाउने र अनलाईन होम डेलिभरी व्यवसाय सञ्चालन गर्न दिने निर्णय भएको बताइएको छ।