नेपाल राष्ट्र बैंकले सोमबारको लागि विभिन्न देशको मुद्राको भाउ सार्वजनिक गरेको छ । एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ६८ पैसा बिक्रीदर १२० रुपैयाँ २८ पैसा रहेको छ, यूरोपियन यूरो एकको खरिददर १३८ रुपैयाँ ४७ पैसा र बिक्रीदर १३९ रुपैयाँ १५ पैसा, साउदी अरबीयन रियल एकको खरिददर ३१ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०७ पैसा ,मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ६५ पैसा र बिक्रीदर २८ रुपैयाँ ७९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।