रुपन्देही – ‘पैसा जम्मा गरेको भौचर छ तर खातामा पैसा छैन’, सम्मरीमाई गाउँपालिका ५ रोइनिहवा बस्ने ४५ वर्षीया विन्द्रावती लोधले रुँदै भन्नुभयो, ‘पैसा अभावमा निमोनियाले च्यापेको नातिनीको उपचार हुन पाएन, विवाहयोग्य छोरीको विवाहको जोरजाम छैन, न त घर नै बनाउन सकेका छौँ ।’ रोइनिहवाकी ६० वर्षीया नैनमती लोधको घुँडामा समस्या देखिएको चार महिना बितेको छ । उहाँलाई हिँडडुल गर्न समस्या छ । श्रीमान् पनि बिरामी हुनुहुन्छ । ‘बुढ्यौलीमा सहारा हुन्छ भनेर जीवनभरिको कमाइ शाखारहित कार्यालयमार्फत ...