धनगढी : सुदूरपश्चिम प्रदशको एक मात्र नियमित संचालनमा रहेको धनगढी विमानस्थल एक महिना बन्द हुने भएको छ। धावन मार्गको स्तरोन्नतीका लागि बिमानस्थल बन्द गर्न लागिएको विमानस्थल प्रमुख तेज बहादुर बुढ्थापाले जानकारी दिए।
‘लामो समय देखी धावन मार्गको स्तरोन्नती हुन सकेकेको छैन। त्यसैलाई बिमानस्थलमा सेवा रोक्ने निर्णय गरेका हौँ।...