बाहिरी जिल्लाबाट बसाइँ सरिआएका व्यक्तिलाई चीनको केरुङ जान रोक लगाउने यहाँका जनप्रतिनिधिले निर्णय गरेका छन् । प्रदेशसभा ३ नं अन्तर्गत रसुवाको ‘ख’ क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसद प्रेमबहादुर तमाङका अनुसार बाहिरी जिल्लादेखि बसाइँ सरी अध्यागमन कार्यालयबाट नेपाल–चीन सीमा क्षेत्रका बासिन्दाले पाउने परिचयपत्र प्राप्त गरी केरुङबाट गैरकानुनी सामान आयात गर्न थालेका कारण यस्ता कार्य रोकी रसुवाको प्रतिष्ठा…