काठमाण्डाै - चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका सञ्चालन हुने भएको छ ।
चीनमा वसन्त उत्सव समाप्त भएसँगै ल्होसारदेखि बन्द रहेको केरुङ नाका खुल्न लागेको हो ।
आजदेखि नै नाका खोल्न चिनियाँ पक्ष सहमत भएको र प्राविधिक कारणले एक/दुई दिन विलम्ब भए पनि यो हप्ताभित्र केरुङ नाका खुल्ने परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयो । केरुङ नाका नखुल्दा आयात-निर्यात ठप्प भएको छ ।
रसुवागढी भन्सारका कोरोना पोजेटिभ देखिएका मजदुर सङ्क्रमणमुक्त भइसकेको तथा उनीहरूले खोप लगाइसकेको सन्देश चिनियाँ अधिकारीलाई पुर्याउन ...