बागलुङ । बागलुङमा दैनिक कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । स्वास्थ्यकर्मी समेत संक्रमित हुँदा सेवा प्रवाहमा समस्या देखिएको छ । धौलागिरी अस्पतालका १८ जना र जिल्लाका अन्य स्वास्थ्य संस्थामा १२ जना गरी कूल ३० जना स्वास्थ्यकर्मी अहिले संक्रमित भएर होम आइसोलेसनमा बसेको स्वास्थ्य कार्यालय बागलुङका कोरोना स्रोत व्यक्ति देव प्रकाश घिमिरेले जानकारी दिनुभएको छ […]
काठमाडौँ । शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा जारी खोप कार्यक्रम स्थगित गरिएको छ । अस्पतालका ६० भन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भएपछि सोमबारदेखि ७ दिनका लागि खोप कार्यक्रम स्थगित गरिएको अस्पतालले जनाएको छ । स्वास्थ्यकर्मी संक्रमित भएसँगै अस्पतालको सेवा प्रभावित भए पनि कुनै पनि सेवा नरोकिएको अस्पतालले बताएको छ ।
काठमाडौं, माघ ४ । दिनहुँ कोरोना संक्रमण तीव्र रुपमा बढेसँगै राजधानीका मुख्य कोभिड अस्पतालको सेवा प्रभावित हुन थालेको छ। टिचिङ अस्पताल महारागन्जमा कार्यरत जनशक्तिमध्ये सोमबारसम्ममा २ सय जनामा कोरोना संक्रमण पुष्टि हुँदा नियमित सेवा प्रभावित हुन थालेको अस्पतालले जनाएको छ। निर्देशक डा दिनेश काफ्लेका अनुसार अस्पतालमा मिर्गौला प्रत्यारोपणको तयारी गरिएका बिरामीमा कोरोना पुष्टि भएपछि यो […]
काठमाडौँ– कोरोना संक्रमणबाट स्वास्थ्यकर्मी संक्रमित हुने दर बढेपछि स्वास्थ्य सुरक्षामा ध्यान दिन सरकारलाई आग्रह गरिएको छ । कोभिड–१९ को उपचार हुने केही अस्पतालका मात्रै ५०० भन्दाबढी स्वास्थ्यकर्मी संक्रमित बनेपछि एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी संघले स्वास्थ्य सुरक्षामा ध्यान दिन सरकारलाई आग्रह गरेको हो । महामारीमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीलाई संक्रमणको मारबाट बचाउन र सहज वातावरण बनाउन संघले […]
काठमाडौँ– नेपालमा कोरोना संक्रमण दर बढेसँगै अस्पतालका स्वास्थ्यकर्मी पनि संक्रमित हुन थालेका छन् । केही दिनदेखि काठमाडौँ उपत्यकाका कोभिड अस्पतालमा स्वास्थ्यकर्मी संक्रमित हुने संख्या बढ्दै गएको छ । कोभिड युनिफाइड अस्पताल वीर अस्पतालमा सोमबारसम्म ७६ जना स्वास्थ्यकर्मी संक्रमित भएर होम आइसोलेशनमा बसेका छन् । अस्पताका उपनिर्देशक डाक्टर प्रज्वल श्रेष्ठका अनुसार स्वास्थ्यकर्मी आफै संक्रमित हुँदा पनि […]
पछिल्लो समय कोरोना संक्रमणको दर उच्च गतिमा बढेसँगै अस्पतालका स्वास्थ्यकर्मीहरू संक्रमित हुने दर पनि दैनिक बढिरहेको छ । विशेषगरी काठमाडौं, ललितपुर र भक्तपुर क्षेत्रमा रहेका अस्पतालमा स्वास्थ्यकर्मी संक्रमित हुने दर बढेको पाइएको छ ।उपत्यकाका तीन जिल्लामा हालसम्म ३ सय ५० भन्दा बढी स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छ भने केही आइसोलेसनमा रहेका छन् । स्वास्थ्यकर्मी धमाधम संक्रमित हुन थालेपछि अस्पतालले स्वास्थ्य सेवामा संकुचन ल्याउने तयारीमा छन् । अबको केही दिनमै चिकित्सकमा संक्रमण दर बढ्न सक
काठमाडौं, माघ ३। पछिल्लो समय कोरोना संक्रमणको दर उच्च गतिमा बढेसँगै अस्पतालका स्वास्थ्यकर्मीहरू संक्रमित हुने दर पनि दैनिक बढिरहेको छ । विशेषगरी काठमाडौं, ललितपुर र भक्तपुर क्षेत्रमा रहेका अस्पतालमा स्वास्थ्यकर्मी संक्रमित हुने दर बढेको पाइएको छ । उपत्यकाका तीन जिल्लामा हालसम्म ३ सय ५० भन्दा बढी स्वास्थ्यकर्मी संक्रमण देखिएको छ भने केही आइसोलेसनमा रहेका छन् […]
काठमाडौँ – तेस्रो लहरको सुरुवातमै काठमाडौँसहित देशभरका स्वास्थ्य संस्थामा कार्यरत ठूलो संख्यामा स्वास्थ्यकर्मी र कर्मचारीहरूमा कोरोना संक्रमण देखिएको छ। काठमाडौँका ६ ठूला सरकारी अस्पतालमा मात्रै १४३ स्वास्थ्यकर्मी संक्रमित भएका छन् । अस्पतालहरुका अनुसार काठमाडौँको महाराजगन्जस्थित टिचिङ अस्पतालमा ६५, वीर अस्पतालमा ३५, पाटन अस्पतालमा २५, टेकु अस्पताल ४, नेपाल प्रहरी अस्पतालमा १०, सशस्त्र प्रहरी अस्पतालमा ४ […]