शुक्रराज अस्पतालमा ६०जना स्वास्थ्यकर्मी संक्रमित

काठमाडौँ । शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा जारी खोप कार्यक्रम स्थगित गरिएको छ । अस्पतालका ६० भन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भएपछि सोमबारदेखि ७ दिनका लागि खोप कार्यक्रम स्थगित गरिएको अस्पतालले जनाएको छ । स्वास्थ्यकर्मी संक्रमित भएसँगै अस्पतालको सेवा प्रभावित भए पनि कुनै पनि सेवा नरोकिएको अस्पतालले बताएको छ ।