पाटन अस्पतालमा ‘इन्सिडेन्ट कमान्ड सिस्टम’ लागू, स्वास्थ्यकर्मी संक्रमित भएपछि थपियो चुनौती

पाटन अस्पतालमा ७० भन्दा धेरै स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन् । अस्पतालका निर्देशक डा. रवि शाक्यका अनुसार संक्रमणलाई मध्यनजर गर्दै पहिलो, दोसो लहरमा जस्तै तेस्रो लहरमा पनि अस्पतालले इन्सिडेन्ट कमान्ड सिस्टम अर्थात् विपत व्यवस्थापन प्रणाली लागू गरेको छ ।अस्पतालले विपत् व्यवस्थापन सम्बन्धि पूर्वतयारी गरेकाले आत्तिई हाल्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ । डा शाक्यले भने, ‘कुनै कुनै  वार्ड १५ जना काम गर्छन् । जसमा ८/९ जना कोरोना संक्रमित भएपछि कामको भार भने थपिएको छ ।’हाल पाटन अस