अधिकांश पुलको निर्माण समय सकिँदा पनि अधुरै

रौतहट-ठेकेदारको लापरबाही तथा नियमन निकायको बेवास्ताका कारण रौतहटमा निर्माण हुँदै गरेका अधिकांश पक्की पुल निर्माण गर्नुपर्ने समय सकिँदासमेत अधुरै छन् ।रौतहट जिल्लाको सदमुकाम गौर नगरपालिका र इशनाथ नगरपालिका जोड्ने लालबकैया नदीको पक्की पुल यतिखेर अलपत्र छ । सम्झौताअनुसार पाँंच वर्षअघि नै निर्माण भइसक्नु पर्ने थियो । तर अहिलेसम्म सो पुलको काम करिब ६० प्रतिशतमात्रै भएको […]

सम्बन्धित सामग्री

भोजपुरमा चुहार पुलको निर्माण नियमित

भोजपुर- निकै लामो समयअघिबाट रोकिएको दूधकोशी नदी चुहार पक्की पुलको निर्माण नियमित भएको छ । भोजपुरलाई तराईका जिल्लासँग छोटो दूरीमा जोड्न हतुवागढी गाउँपालिका–९ हसनपुर र वेलका नगरपालिका–७ मैनामैनीलाई जोड्ने दूधकोशीको चुहारमा निर्माण भइरहेको उक्त पुल निर्माणको क्रममा देखिएको प्राविधिक समस्याका कारण रोकिएको थियो । निर्माणका क्रममा देखिएका विभिन्न समस्याको समाधानपछि पुलको काम पुनः थालिएको हो । […]

चार वर्षसम्म अलपत्र पुलको निर्माण शुरू

गुल्मी । गुल्मीको मुसीकोट नगरपालिका अन्तर्गत बढिघाट खोलामा निर्माणाधीन अवस्थामा भाँचिएर अलपत्र परेको पक्की पुलको निर्माण शुरू भएको छ । अलपत्र अवस्थामा परेको चार वर्षपछि निर्माण शुरू गरिएको हो । मुसीकोट नगरपालिका–७ देखि मुसिकोटकै २, ३ र ४ नम्बर वडालाई जोड्ने उक्त पक्की पुल निर्माणकै क्रममा दुई पटकसम्म भाँचिएपछि अलपत्र अवस्थामा थियो । दुई पटकसम्म भाँचिएको पुल हाल डिजाइन परिवर्तन गरी जलप नेपाल प्रालिले निर्माण शुरू गरेको हो । पुल स्वीस सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा रू. दुई करोड ५० लाखमा निर्माण हुन लागेको हो । पुल निर्माणका लागि दुवैतिर फाउण्डेशनको काम पूरा भइसकेको हुँदा अहिले पुनर्निर्माण स्थलसम्म पुग्न सडक विस्तारको काम भइरहेको निर्माण व्यवसायी प्रतिनिधि अनिष पौडेलले जानकारी दिए । उनका अनुसार आगामी असोजसम्म पुल निर्माण सम्पन्न हुनेछ । पहिलोपटक २०७६ वैशाखमा निर्माण अन्तिम चरणमा पुग्दै गर्दा खोलामा बाढी आएपछि टेको भासिँदा पुल भत्किएको थियो भने दोस्रो पटक पनि निर्माण शुरू भएको एक वर्षपछि त्यस्तै कारणले पुन: पुल भाँचिएको थियो । पुलको निर्माण तत्कालै शुरू गर्न नगरपालिकाको तर्फबाट पटक–पटक सम्बन्धित निकायमा पहल गरेपछि काम शुरू हुन लागेको मुसीकोट नगरपालिका प्रमुख जीवन खरेलले बताए । उनले ढिलै भए पनि काम शुरू हुन लागेको हुँदा यो पटक तोकिएकै मितिमा पुल निर्माण हुने कुरामा आफूहरू पूर्ण आशावादी रहेको बताए । मुसीकोट नगरपालिकाको बढीगाढ खोलामाथि निर्माण हुन लागेको ट्रस बोर्डर प्रविधिमा आधारित उक्त पुलको लम्बाइ ५५ मिटर रहेको छ । रासस

गाउँलाई सदरमुकामको बजारसँग जोड्न पक्की पुलको निर्माण

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–१२ बाट वडा नं ४ जिल्ला सदरमुकाम जोड्न त्रिशूली नदीमा पक्की पुलको निर्माण तीव्र बनाइएको छ ।  जिल्ला सदरमुकामसँग जोडिएको भए पनि हालसम्म झोलुङ्गे पुलबाट वारपार हुँदै आएको विदुर–१२ को

भक्तपुरको हनुमानघाट पुलको निर्माण पूरा

भक्तपुर नगरपालिका–७ हनुमानघाटस्थित न्याताँ (हनुमानघाट) पुलको निर्माण पूरा भएको छ । नगरपालिकाको विनियोजित बजेटबाट पुल जीर्णोद्धार गरिएको हो ।  न्याताँं पुल जीर्णोद्धार समितिका अध्यक्ष कृष्णगोविन्द खाइजुले पुल निर्माणको लागत इष्टमेट ४९ लाख २४ हजार रहेकोमा  ४१ लाख ३३ हजारमै निर्माण सम्पन्न भएको जानकारी दिए । नगर प्रमुख प्रजापतिले जनताको सम्पत्ति जनताकै सहभागितामा बनाउने नीति भक्तपुर नगरपालिकाको रहेको बताए । त्यसअनुरुप नपाले जनताको आर्थिक तथा भौतिक सहयोग र श्रमदान जुटाई विक

भक्तपुरको हनुमानघाट पुलको निर्माण पूरा

भक्तपुर- भक्तपुर नगरपालिका-७ हनुमानघाटस्थित न्याताँ (हनुमानघाट) पुलको निर्माण पूरा भएको छ । नगरपालिकाको विनियोजित बजेटबाट पुल जीर्णोद्धार गरिएको हो । न्याताँं पुल जीर्णोद्धार समितिका अध्यक्ष कृष्णगोविन्द खाइजुले पुल निर्माणको लागत इष्टमेट ४९ लाख २४ हजार रहेकोमा  ४१ लाख ३३ हजारमै निर्माण सम्पन्न भएको जानकारी दिए । नगर प्रमुख प्रजापतिले जनताको सम्पत्ति जनताकै सहभागितामा बनाउने नीति […]

ओखलढुंगा-सिन्धुली जोड्ने पक्की पुलको निर्माण सम्पन्‍न, स्थानीय खुसी

ओखलढुङ्गा–सिन्धुली जिल्लालाई जोड्ने नवलपुरको पक्की पुलको निर्माण सम्पन्न भएसँगै स्थानीयहरु खुशी भएका छन् ।

महाकाली पुलको निर्माण सुस्त

महेन्द्रनगर । कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन पक्की पुलको काममा ढिलाइ भएको छ । सुदूरपश्चिमकै ठूलो आयोजनामा पर्ने चार लेनको ८०० मिटर लम्बाइको पक्की पुलसँगै बन्ने बाँध, पहुँचमार्गलगायतमा प्रक्रियागत उल्झन देखिएपछि ढिलाइ भएको हो । गत कात्तिक पहिलो साता महाकाली नदीमा आएको बाढीपछि यहाँ पुलको काम प्रभावित बन्न पुगेको थियो । त्यसयता पुलको काम छिटफुट रूपमा भए पनि बाँध निर्माणलगायत काम भने शुरू नै हुन सकेको छैन । पुलको चौतर्फी बन्ने पोखरीका लागि ‘गाइडबण्ड’ बनाउन डिजाइन परिवर्तन स्वीकृत भए पनि ‘भेरिएसन अर्डर’ नहुँदा काम अघि बढ्न नसकेको निर्माण कम्पनीले बताएको छ । यसअघि ठूला ढुंगाको गाइडबण्ड बनाउने सम्झौतामा रहे पनि त्यसको व्यवस्थापन हुन नसकेपछि डिजाइन परिवर्तनको पहल भएको हो । गाइडबण्ड बनाउन करीब १ लाख ८१ हजार घनमिटर ढुंगा आवश्यक पर्ने बताइएको छ । पुल निर्माणको जिम्मा पाएको कुमार श्रेष्ठ निर्माण कम्पनी तथा चाइना फ्युल कन्स्ट्रक्सन कम्पनी (सीएफसी) जेभीका इन्जिनीयर किशोरराज पाण्डेयले  गाइडबण्डको डिजाइन परिवर्तन भए पनि ‘भेरिएसन अर्डर’ नहुँदा आर्थिक विषय नटुंगिएको बताए । ‘गत फागुन २३ गते डिजाइन परिवर्तन भए पनि ‘भेरिएसन अर्डर’ नहँुदा काममा ढिलाइ भयो,’ इन्जिनीयर पाण्डेयले भने, ‘डिजाइन परिवर्तनसँगै रकम पनि तल–माथि हुन्छ ।’ ‘अब वर्षात् नजिकिँदै छ र यसका कारण खोलाभित्रको काम प्रभावित हुन्छ,’ उनले भने, ‘अन्य निर्माण भने चलिरहेको छ ।’ गत जेठ र कात्तिकमा महाकालीमा आएको बाढीले निर्माण कम्पनीको करीब २० करोडभन्दा बढीको क्षति पुर्‍याएको थियो । त्यसैगरी पुलसँगै सात दशमलव आठ किलोमिटर ६ लेनको पहुँचमार्गअन्तर्गत चार किलोमिटरभन्दा बढी सडक कालोपत्र भइसकेको छ । रू. तीन अर्ब ६६ करोडको लागतमा निर्माण हुन लागेको पुल आयोजनाको ७६ प्रतिशत वित्तीय प्रगति भइसकेको छ । पुल बने सुदूरपश्चिमको आर्थिक विकासले फड्को मार्ने अपेक्षा गरिएको छ । उक्त आयोजनाको निर्माण दु्रतगतिमा गर्न महाकाली तटीय क्षेत्रका स्थानीयवासीले दबाब दिँदै आएका छन् । योजनामा पुलको दुवैतर्फ ५ हजार ४०० मिटर बाँध निर्माण गर्नुपर्ने व्यवस्था छ । २०७४ भदौदेखि पुल निर्माण शुरू भएकोमा कारोना महामारीका कारण दुई पटकसम्म प्रभावित बनेको थियो । रासस

क्षतिग्रस्त सडक र पुलको निर्माण कार्य सूचारु गर्न निर्देशन

प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले वर्षाका कारण क्षतिग्रस्त सडक र पुलको निर्माण कार्य सुचारु गर्न निर्देशन दिएको छ।...

लुम्बिनी प्रदेश सरकारले आगामी बर्ष १०१ वटा सडक र पुलको निर्माण सम्पन्न गर्ने

बुटवल। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षमा १०१ वटा सडक र पुलको निर्माण कार्य सम्पन्न गर्ने भएको छ। आगामी आर्थिक बर्ष २०७८/०७९ नीति तथा कार्यक्रम उल्लेख भएअनुसार नेपाल सरकारको अनुदानमा ३५ सडकपुल र प्रदेश सरकारको अनुदानमा ११९ वटा सडकपुल निर्माणाधिन रहेका छन्। आगमी बर्ष ५४ वटा सडकको निर्माण थालनी गर्ने र केही प्राथमिकतामा रहेका सडकको थप अध्ययन गर्ने भएको हो।