मनाङमा मोटरेबल पुलको निर्माणकाे काम अलपत्र

मनाङ प्रशासनले वर्षौंदेखि अलपत्र रहेको मोटरेबल पुलको निर्माण कार्य तत्काल सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । मनाङको मनाङ ङिस्याङ गाउँपालिका ४ हुम्दे , वडानम्बर ३ ङावल जोड्ने मस्र्याङ्दी नदीको मोटरेबल पुल र वडानम्बर ५ जोड्ने मुङ्जे खोलाको पुल वर्षाैंदेखि निर्माण अलपत्र अवस्थामा छ । निर्माणाधीन मोटरेबल पुल निर्माण सुरु भएको वर्षौं बितिसक्दा पनि सम्पन्न नभएपछि जिल्ला प्रशासन कार्यालय मनाङले सम्बन्धित निर्माण व्यवसायी र सरकारी निकायको ध्यानाकर्षण गराएको हो ।  करिब पाँच वर्षअघिबा

सम्बन्धित सामग्री

तमोरको मोटरेबल पुल निर्माण कार्य अलपत्र

मोर कोरिडोरअन्तर्गत पाँचथर र ताप्लेजुङ जोड्नेगरी तमोर नदीमा सुरु गरिएको पक्की मोटरेवल पुल निर्माणको काम अलपत्र परेको छ । आजभन्दा करिब ६ वर्षअघि ठेक्का सम्झौता भई सुरु गरिएको पुल निर्माणको कामलाई निरन्तरता नदिँदा निर्माण कार्य अलपत्र परेको हो ।

पुलको काम अलपत्र छोडी पूर्वमन्त्री पाण्डेको कम्पनी सम्पर्कविहीन

दक्षिणी भोजपुरको लाइफलाइन मानिएको उदयपुरको मैनामैनी र भोजपुरको चुहार जोड्ने दुधकोसी नदीमाथि मोटरेबल पुल शिलान्यास हुँदा स्थानीय ज्यादै खुसी भएका थिए।...

गाउँ विवादले पुल निर्माण अलपत्र

पुगाउत्तरगङ्गा गाउँपालिका–१० र ११ वडामा पर्ने दुई गाउँको विवादले पुल निर्माणको काम अलपत्र परेको छ । वडा नम्बर ११ तल्लो सेरा र १० मा पर्ने माथिल्लो सेरा दुई गाउँको विवादले उत्तरगङ्गा नदीमा मोटरेबल पुल निर्माणको काम अलपत्र अवस्थामा पुगेको हो । पुल निर्माणका लागि छ वर्षअघि तल्लो सेरास्थित उत्तरगङ्गा नदीमा डीपीआर बनाइएको थियो । पुल निर्माणका लागि डीपीआर भएर पनि माथिल्लो सेराले माथिल्लो सेरामा पुल निर्माण गर्नुपर्ने अडान राखेपछि दुई गाउँबीच विवाद उत्पन्न भएको हो । उक्त पुल राष्ट्रिय गौरवको आयोजना शहीद मार्गअन्तर्गतको हो । दाङ–रोल्पा–रुकुमपूर्व–डोल्पालाई जोड्ने शहीद मार्ग खण्ड हो । हाल दाङ हुँदै रोल्पा भएर रुकुमपूर्वको पुथाउत्तरगङ्गा–५, हुकामसम्म सडक पुगेको छ तर उत्तरगङ्गा नदीमा पुल नभएका कारण हरेक बर्खायाममा सवारीसाधन नदी वारपार हुन सकेका छैनन् । पुल निर्माणका विषयमा दुई गाउँको विवाद हुँदा पुल निर्माणको काम अघि बढ्न नसकेको गाउँपालिकाका अध्यक्ष पुनिराज घर्तीमगरले बताउनुभयो । अहिले भने तल्लो सेरा, माथिल्लो सेरा गाउँपालिका र शहीद मार्ग डिभिजन कार्यालय रोल्पासँगको नियमित छलफल भइरहेको अध्यक्ष घर्तीमगरले जानकारी दिनुभयो ।

विकासमा लापरबाही : एउटै पुल भत्काउँदै बनाउँदै, बनेका पार्किङमा परिणत

काठमाडौं : प्रायः लाई लाग्न सक्न देशको राजधानी शहर काठमाडौंमा समयमै विकासको काम हुन्छ। समय सीमाभित्र काम नसक्नेलाई कारबाही हुन्छ। तर, राजधानी शहरमा त्यस्तो छैन। यहाँ पनि काम सुरु भएको वर्षौंसम्म पनि काम अलपत्र नै हुने गरेको छ। ग्रामीण भेगमा मोटरेबल पुल कहिले १० वर्ष त कहिले १५ वर्षदेखि अलपत्र भएका खबर सुन्न‚ पढ्न पाइन्छ। यस्तो रोगले काठमाडौं सहरलाई पनि गाँजेको छ। काम सुरू गरेर अलपत्र छाड्ने ठेकेदारलाई न कारबाही हुन्छ न त ठेक्का नै तोडिन्छ। यस्तै एक उदाहरण हो&n