काठमाडौं : वैदेशिक रोजगारीले कसैको जीवन परिवर्तन गरेको छ भने कसैको संसार नै उजाड बनाएको छ। नेपालीका लागि वैदेशिक राेजगार रहर नभएर बाध्यता हाे।यस्तै बाध्यताले वैदेशिक रोजगारीका लागि दुई वर्षअघि कतार पुगेका धादिङका एक युवकको जीवन नै उजाड बनाएको छ। परिवारको आर्थिक अबस्था सुधार्ने सपना बाेकेर कतार पुगेका उनी स्वदेश फर्किन एक महिना मात्रै बाँकी रहँदा जेल परेका छन्।श्रीमतीसँग मंसिरमा गाउँ फर्किएर बाख्रा पालन गर्ने सपना साटेका थिए। ‘दशा बाजा बजाएर आउँदैन’ भने झै ने