म्याग्दीको धवलागिरि गाउँपालिकाले एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । भौगोलिक रुपमा विकट उक्त गाउँपालिकाका बासिन्दालाई सहज र सर्वसुलभ रुपमा उपचार दिलाउन एम्बुलेन्स खरिद गरिएको छ । विभिन्न प्रकृया पुरा गरी भारतबाट भन्सार छुटमा एम्बुलेन्स खरिद गरी कार्यविधि बनाएर सञ्चालनको तयारी गरिएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले जानकारी दिइन् । “बिरामीलाई उपचारका लागि बेनी हुँदै पोखरा पु-याउन यातायातमा मात्रै रु ३० हजारसम्म खर्च हुने गरेको छ”, उनले भनिन् । समयमै सवारीसाधन पाउन मुस्की