पोखरा । पोखरामा कोरोना संक्रमण तीव्ररुपमा बृद्धि भएपछि नेपाली काँग्रेस कास्कीले पार्टी कार्यालयलाई आइसोलेसन वार्ड बनाउने भएको छ । पार्टीले कोरोना संक्रमितलाई राख्नका लागि पोखराको चिप्लेढुङ्गा र खुदीमा रहेको पार्टी कार्यालयलाई आइसोलेशन वार्ड बनाउन दिने निर्णय गरेको हो । त्यसैगरी पार्टीले संक्रमितका लागि एम्बुलेन्स सञ्चालन गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय कास्कीलाई जानकारी गराएको छ ।काँग्रेसले संक्रमितलाई अस्पतालसम्म पुग्न कठिनाइ भएको र महँगो रकम तिर्नु पर्ने अवस्था रहेकाले यही जेठ १ गते