पर्वत : नेपाली कांग्रेस कास्कीले कोरोना संक्रमितको सेवाका लागि एम्बुलेन्स र आइसोलेसन सञ्चालन गर्ने भएको छ।जिल्ला कार्यसमितिका प्रवक्ता नवीन सिग्देलले अस्पताल र एम्बुलेन्सको सेवा महँगो पर्दा सामान्य आर्थिक अवस्था भएका बिरामीहरूले उपचार नै नपाउने अवस्था देखिएकाले समस्यामा परेकाहरुलाई सहयोग गर्न कांग्रेसले जेठ १ गतेदेखि एम्बुलेन्स सञ्चालन गर्ने र पार्टी कार्यालयलाई आइसोलेसन वार्डको रूपमा प्रयोग गर्ने निर्णय भएको जानकारी दिए।‘कोभिडको उपचार महँगो बनेको छ। सामान्य आर्थिक अवस्था भएको मान्छेले एकै