सानिमा बैंकको अध्यक्षमा तुकप्रसाद पौडेल नियुक्त, विगत ८ वर्षदेखि सञ्चालक रहेको अनुभव

काठमाडौं। सानिमा बैंकको अध्यक्षमा तुक प्रसाद पौडेल नियुक्त भएका छन्। बैंक संचालक समितिको बैठकले पौडेललाई अध्यक्ष पदमा चयन गरेको बैंकले जनाएको

सम्बन्धित सामग्री

ज्योति क्यापिटलको अध्यक्षमा ढकाल नियुक्त

ज्योति क्यापिटल लिमिटेडको अध्यक्षमा कपिल ढकाल नियुक्त भएका छन् । सञ्चालक समितिको बैठकले ज्योति विकास बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत ढकाललाई क्यापिटलको अध्यक्षमा नियुक्त भएका हुन् । बैंकिङ क्षेत्रको उच्च व्यवस्थापन तहमा करिब १५ वर्ष भन्दा बढीको अनुभव बोकेका ढकाल क्यापिटलको सञ्चालक समितिको अध्यक्षमा नियुक्त भएका हुन् । प्रोफेसनल चार्टर्ड एकाउन्टेन्ट् रहेका ढकालसँग डिलोईट […]

कृषि विकास बैंकको अध्यक्षमा दुवाडी

कृषि विकास बैंक सञ्चालक समितिको अध्यक्षमा रमेश दुवाडी नियुक्त भएका छन् । नवनियुक्त अध्यक्ष दुवाडी विभिन्न संघ/संस्थाको सञ्चालक समितिमा सदस्य रहेर काम गरेको अनुभव समेत रहेको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार अध्यक्ष दुवाडीलाई नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले पद तथा गोपनियताको सपथ गराएका छन् । सो अवसरमा राष्ट्र बैंकका डिपुटी […]

इसेवाको अध्यक्षमा कुँवर नियुक्त

इसेवा प्रा.लि.को अध्यक्ष पदमा बैंकर परशुराम कुँवर क्षेत्री नियुक्त भएका छन् ।  बैंक तथा वित्तीय क्षेत्रमा परिचित कुँवरलाई सञ्चालक समितिले कम्पनीको अध्यक्ष पदमा नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष कुवँरले बुधबार नेपाल राष्ट्रबैँक भुक्तानी सेवा विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल समक्ष पद तथा गोपनीयताको सपथ लिएको कम्पनीले जनाएको छ।  बैंकिङ्ग क्षेत्रमा करिब साढे तीन दशक अनुभव सम्हालेका कुँवरले सन् १९८६ देखि तत्कालिन ग्रिण्डलेज ( हाल स्टान्डर्ड चार्टड ) बैंक लिमिटेडबाट आफ्नो बैंकि

गणपति लघुवित्तको अध्यक्षमा अर्चना प्रधान चयन

पुस २२, काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले अध्यक्षमा अर्चना प्रधानलाई चयन गरेको छ ।  कम्पनीको पुस २१ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा अर्चना प्रधानलाई चयन गरेको नेप्से मार्फत जानकारी गराएको हो । मास्टर अफ बिजनेस एडमिनिस्ट्रेटर (एमबीए) गरेकी प्रधानसँग बैंकिङ क्षेत्रमा २६ वर्षभन्दा बढीको अनुभव रहेको छ ।

कृषि विकास बैंकको अध्यक्षमा केसी

काठमाडौं, ६ पुस । कृषि विकास बैंकको सञ्चालक समितिको अध्यक्षमा रमेशकुमार केसी नियुक्त भएका छन् । नवनियुक्त अध्यक्ष केसीले सरकारको विभिन्न निकायमा रहेर महत्वपूर्ण जिम्मेवारी लिई लामो अनुभव हासिल गरेका छन् । केसी हाल अर्थमन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख पदमा कार्यरत रहेका छन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार […]

कृषि विकास बैंकको अध्यक्षमा केसी नियुक्त

कृषि विकास बैंकले रमेशकुमार केसीलाई सञ्चालक समितिको अध्यक्ष नियुक्त गरेको छ । नवनियुक्त अध्यक्ष केसीले सरकारको विभिन्न निकायमा रहेर महत्वपूर्ण जिम्मेवारी लिई लामो अनुभव हासिल गरेका छन् ।उनी हाल अर्थमन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख पदमा कार्यरत रहेका छन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार केसीलाई नेपाल राष्ट्र बैंकका गर्भनर […]

एनआईसी एशिया क्यापिटलको अध्यक्षमा ढकाल

एनआईसी एशिया क्यापिटलको सञ्चालक समितिको अध्यक्षमा एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल नियुक्त भएका छन् ।ढकालसँग आईसीआईसी बैंक भारत र डेलोइट इन्डिया (बिग–४) मा समेत काम गरेको अनुभव छ । उनीसँग हाम्रो विकास बैंकमा काम गरेको पनि अनुभव रहेको छ ।ढकाल एआआईसी एशिया बैंकको बिजनेश प्रेशेस रि–इन्जिनियरिङ विभागको प्रमुखको भूमिकाबाट एनआईसी एशियामा […]

एनआईसी एशिया क्यापिटलको अध्यक्षमा कपिल ढकाल नियुक्त

साउन २, काठमाडौं ।  एनआईसी एशिया क्यापिटल लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको बैठकले शुक्रवारदेखि नै लागू हुने गरी उनलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । उनीसँग आईसीआई बैैंक इन्डिया तथा हाम्रो विकास बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरेको अनुभव रहेको छ । उनी व्यवसायिक चार्टर्ड एकाउन्टेन्ट पनि हुन् । उनीसँग एनआईसी एशिया बैंकको  विभिन्न पदमा १२ वर्षभन्दा बढीको बैंकिङ्ग अनुभव पनि रहेको छ । हाल एनआईसी एशिया लघुवित्त वित्तीय संस्थामा समेत अध्यक्ष रहेका उनले गरेको लामो कार्यअनुभव तथा उच्च व्यवस्थापकीय क्षमताले आगामी दिनमा समग्र व्यवसाय विस्तार र प्रदान गरिने सेवालाई उत्कृष्ट बनाई नयाँ उचाई चुम्ने विश्वास लिएको क्यापिटलले बताएको छ ।

एनआइसी एसिया क्यापिटल लि.सञ्चालक समितिको अध्यक्षमा ढकाल

एनआइसी एसिया क्यापिटल लिमिटेड सञ्चालक समितिको अध्यक्षमा कपिल ढकाल नियुक्त भएका छन् । लिमिटेड सञ्चालक समितिको साउन १ गते बसेको ९२ औं बैठकले अध्यक्ष ढकाललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । ढकालसँग Deloitte India (Big 4),ICICI Bank, India तथा हाम्रो बिकास बैंक प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेको अनुभव रहेको छ ।उनी प्रोफेसनल Chartered Accountant पनि हुन् । साथै उनले एनआइसी एसिया बैंकको हालको Transformational Journey को उदमगबिन्दु मानिएको Business Process Reengineering विभाग

कम्पनीमा सञ्चालक समितिको आवश्यकता

कम्पनीहरू कानूनद्वारा सृजित व्यक्ति हुन् । यस्ता कानूनी व्यक्तिको कुनै कुरा सोच्न सक्ने वा निर्णय गर्न सक्ने आफ्नै मन मस्तिष्क हुँदैन र उक्त कार्य गर्न प्राकृतिक व्यक्तिको जरुरत पर्छ । कम्पनीको व्यवसायलगायत अन्य कार्य सञ्चालनका लागि कम्पनी ऐनले कम्पनीको सञ्चालक समिति तथा साधारणसभाको व्यवस्था गरेको छ । साधारणसभामा कम्पनीका सम्पूर्ण शेयरधनी उपस्थित भई कम्पनीका बारेमा महत्त्वपूर्ण निर्णय गर्छन् । कम्पनीको साधारणसभाद्वारा सञ्चालक समितिको निर्वाचन हुन्छ । कम्पनीको सम्पूर्ण कारोबारको व्यवस्थापन, अधिकारहरूको प्रयोग र कर्तव्यको पालन सञ्चालकहरूले सामूहिक रूपमा सञ्चालक समितिमार्फत गर्छन् । कम्पनीको सञ्चालक समितिले कम्पनीको साधारणसभाको निर्णय र कम्पनीको नियमावलीको परिधिभित्र रहेरमात्र कामकारोबार सञ्चालन गर्न पाउँछन् । कम्पनीको साधारणसभा र यसको सञ्चालक समितिलाई प्रजातान्त्रिक देशको क्रमशः संसद् (व्यवस्थापिका) र सरकार (कार्यपालिका) सँग तुलना गर्न सकिन्छ । त्यसैले कम्पनी सञ्चालनमा सञ्चालक समितिको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ । प्राइभेट कम्पनीको सर्वसम्मत सम्झौतामा सञ्चालक समितिका तथा कम्पनी व्यवस्थापनसम्बन्धी कुराहरूको उल्लेख गरी संस्थापकबीच हस्ताक्षर गरी कम्पनी संस्थापन गर्दा कम्पनी रजिस्ट्रारको कार्यालयमा पेश गरी लागू गर्न सकिन्छ । उक्त सम्झौतामा कम्पनीको व्यवस्थापन, व्यवसाय र कारोबार, कम्पनीको पदाधिकारी, कर्मचारी, कामदारको नियुक्तिका शर्तहरू, कम्पनीको सञ्चालक, पदाधिकारी वा अन्तिम जिम्मेवारी वहन गर्ने व्यक्ति वा कार्यकारी प्रमुख को हुने भन्ने कुराहरू, सञ्चालक समिति नरहने कुरा, सञ्चालक समिति नरहने हो भने यस ऐनबमोजिम सञ्चालक समितिले गर्नुपर्ने काम कसले गर्ने हो, उक्त कुरा, प्राइभेट कम्पनीको सञ्चालकहरूको नियुक्ति र निजहरूको संख्या नियमावलीमा व्यवस्था गरिएबमोजिम हुनेछ । तर, सञ्चालकहरूको संख्या ११ जनाभन्दा बढी भने राख्न सकिँदैन । एकल शेयरधनी भएको प्राइभेट कम्पनीले, उक्त कम्पनीको नियमावलीमा अन्यथा व्यवस्था गरिएकोबाहेक सञ्चालक समितिबाट गर्नुपर्छ भनिएको सम्पूर्ण कामकारबाही तथा निर्णय एकल शेयरधनीको लिखित निर्णयअनुसार हुन्छ । अतः एकल शेयरधनी भएको प्राइभेट कम्पनीले लिखित निर्णय गरी सञ्चालक समितिले गर्नुपर्ने काम गर्न सक्छन् । र, त्यस कम्पनीका लागि सञ्चालक समितिको बैठक वा साधारणसभा बोलाउनुपर्ने छैन । मुनाफा वितरण नगर्ने कम्पनी सञ्चालक समितिका सम्बन्धमा कम्पनी ऐन, २०६३ को दफा १६७ मा शेयर पूँजी भएको कम्पनीलाई मात्र लागू हुन सक्ने व्यवस्थाहरूबाहेक सूचीकृत कम्पनीलाई लागू हुने कम्पनी ऐन, २०६३ का सम्पूर्ण व्यवस्थाहरू मुनाफा वितरण गर्ने कम्पनी, यसका सञ्चालक, पदाधिकारी, लेखापरीक्षक तथा कर्मचारीलाई समेत लागू हुन्छ भन्ने उल्लेख गरिएको छ । मुनाफा वितरण नगर्ने कम्पनीको सञ्चालक समितिका सम्बन्धमा पब्लिक कम्पनीका सञ्चालक समितिका सम्बन्धमा भएका व्यवस्थाहरू लागू हुन्छ । प्रत्येक पब्लिक कम्पनीमा कम्तीमा ३ जना र बढीमा ११ जनासम्म सञ्चालक भएको सञ्चालक समिति रहन्छ । कम्पनीको नियमावलीमा सञ्चालकको संख्या, वैकल्पिक सञ्चालकको व्यवस्था भए उक्त कुरा र सञ्चालकको कार्यकाल, कुनै व्यक्तिले कम्पनीको सञ्चालक नियुक्त हुन शेयर लिनुपर्ने भए न्यूनत्तम शेयर संख्या, पब्लिक कम्पनी भए स्वतन्त्र सञ्चालकको योग्यता र संख्या, शेयरधनीबाहेकको अन्य कुनै व्यावसायिक व्यक्तिलाई सञ्चालक नियुक्त गर्ने भए निजहरूको संख्या, कार्यकाल, योग्यता तथा नियुक्ति प्रक्रियासम्बन्धी व्यवस्था, सञ्चालक समिति र प्रबन्ध सञ्चालकको अधिकार र कर्तव्यहरू, सञ्चालकहरूको अख्तियारी तथा अख्तियारीको प्रत्यायोजन, सञ्चालक समितिको बैठकको गणपूरक संख्या, बैठकको सूचना तथा बैठकको कार्यविधि, सञ्चालक समितिको निर्णयको अभिलेख र त्यसको प्रतिलिपि तथा निरीक्षणसम्बन्धी व्यवस्था, सञ्चालकको पारिश्रमिक, भत्ता र सुविधासम्बन्धी व्यवस्थाका कुराहरू उल्लेख गर्नुपर्छ । बैंक तथा वित्तीय संस्थाको हकमा सञ्चालक समितिको संस्था बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ मा उल्लेख भएबमोजिम हुन्छ । बैंक तथा वित्तीय संस्थामा कम्तीमा ५ र बढीमा ७ जना सञ्चालक रहेको एक सञ्चालक समिति राख्नुपर्छ । कम्पनी ऐन, २०६३ समेतलाई आधार बनाई सञ्चालकहरूलाई तिनीहरूले निर्वाह गर्ने भूमिकाको आधारमा प्रथम सञ्चालक, वैकल्पिक सञ्चालक, प्रबन्ध सञ्चालक, स्वतन्त्र सञ्चालक, महिला सञ्चालक, अध्यक्ष नामकरण गर्न सकिन्छ । कम्पनी संस्थापना भएपछि प्रथम साधारणसभा नभएसम्म कार्य गर्ने सञ्चालकलाई प्रथम सञ्चालक भनिन्छ । कुनै संगठित संस्थाले शेयर लिएको कम्पनीको हकमा कम्पनीका सञ्चालकहरूको जम्मा संख्या र सो संस्थाले ग्रहण गरेको शेयर संख्याको अनुपातमा हुन आउने सञ्चालक र त्यस्तो सञ्चालक कुनै बेहोराले सञ्चालक समितिको बैठकमा भाग लिन नसक्ने अवस्था उत्पन्न भएको अवस्थामा त्यस्तो प्रत्येक सञ्चालकको सट्टामा सञ्चालक समितिको बैठकमा उपस्थित हुन र मतदान गर्न पाउने गरी नियुक्त भएको व्यक्तिलाई वैकल्पिक सञ्चालक भनिन्छ । कम्पनीको नियमावलीको अधीनमा रही सञ्चालकहरूले आपूmमध्येबाट कुनै एक जनालाई कम्पनीको दैनिक व्यावसायिक तथा प्रशासकीय कार्य सञ्चालन गर्नका लागि प्रबन्ध सञ्चालक नियुक्त गर्न सक्छन् । प्रबन्ध सञ्चालकको काम, कर्तव्य र अधिकार कम्पनीको नियमावलीमा उल्लेख भएबमोजिम वा सञ्चालक समितिले तोकेबमोजिम हुन्छ । पब्लिक कम्पनीमा सञ्चालक समिति गठन हुँदा कम्पनीको नियमावलीमा तोकिएको योग्यता भएको र सम्बद्ध कम्पनीको व्यवसायसँग सम्बद्ध ज्ञान तथा अनुभव प्राप्त व्यक्तिलाई स्वतन्त्र सञ्चालकका रूपमा कम्पनीले नियुक्त गर्नुपर्छ । स्वतन्त्र सञ्चालकले सञ्चालक समितिको बैठकमा भाग लिन र निर्णय प्रक्रियामा मतदान गर्न पाउँछ । कम्पनी ऐन, २०६३ को पहिलो संशोधनले महिला शेयरधनी रहेको पब्लिक कम्पनीको सञ्चालक समितिमा कम्तीमा १ जना महिला सञ्चालक हुनुपर्ने अनिवार्य गरेको छ । प्राइभेट कम्पनीमा महिला सञ्चालक राख्न पर्दैन । सञ्चालकमध्येबाट कुनै एक जनालाई कम्पनीको सञ्चालक समितिको अध्यक्षमा नियुक्त गर्नुपर्छ । कम्पनीको नियमावलीमा भएको व्यवस्थाबमोजिम अध्यक्षले सञ्चालक समितिको बैठक, साधारणसभा बोलाउने तथा सञ्चालक समितिको बैठकमा कुनै निर्णय गर्दा मत बराबर भएमा अध्यक्षले सञ्चालकको हैसियतले दिएको मतको अतिरिक्त निर्णायक मतसमेत दिन पाउने विशेष सुविधा अध्यक्षलाई दिइएको छ । यसरी अध्यक्षलाई कम्पनीको कुनै निर्णय गर्नुपर्दा निर्णायक मतदान गर्न पाउने गरी थप मतदानको अधिकार दिइएको छ । अतः सञ्चालकले कम्पनीको कामकारबाहीको रेखदेख, अनुगमन, नियन्त्रण तथा कम्पनीको सम्पूर्ण नीति निर्धारण गरी कम्पनीको व्यवसाय वा कारोबार सञ्चालन गरेका हुन्छन् । लेखक नेपालमा बैंकिङ अपराध विषयमा कानून संकायका विद्यावारिधि हुन् ।