काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूले अध्यक्ष पदमा उठ्ने नउठ्ने टुंगो गरिनसकेको बताएका छन्।काठमाडौंमा मंगलबार सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा ओलीले अहिलेसम्म आफूले निर्णय गरिनसकेको बताए। 'मैले अहिलेसम्म उठ्ने नउठ्ने टुंगो गरिसकेको छैन, ओलीले भने, मैले उठ्ने निर्णय गरेँ भने मलाई सर्वसम्मत छोड्न पनि पाइन्छ, नभए उठ्न पनि पाइन्छ। मैले कसैलाई नउठ भन्ने कुरा हुँदैन।'भीम रावलको उम्मेदवारीबारे उनले आफूलाई चुनौति दिएको भन्न नमिल्ने तर्क गरे । ‘मला