अलैंची निर्यात ३२२ प्रतिशत बढ्यो

बिर्तामोड– नेपालको पूर्वी नाका काँकडभिट्टाबाट अलैंची निर्यात ३ सय २२ प्रतिशतले वृद्धि भएको छ । पहाडी जिल्लामा उत्पादित अलैंचीको निर्यात गत आवको तुलनामा चालु आवमा उत्साहजनक रुपमा बढेको हो । गत आव २०७९–८० को साउनमा २२ करोड ८५ लाखको अलैंची निर्यात भएको थियो । यो वर्ष साउनमा ९६ करोड ४६ लाख रुपैयाँको निर्यात पुगेको हो […]

सम्बन्धित सामग्री

१५५ प्रतिशत बढ्यो अलैंचीको मूल्य

काठमाडौं। नयाँ उत्पादन बजारमा आउन थालेसँगै गतवर्षको तुलनामा अलैंचीको मूल्य १ सय ५५ प्रतिशतसम्म बढेको पाइएको छ । यस वर्ष अलैंची उत्पादनमा गिरावट आउने देखिएसँगै एकाएक मूल्य बढेको बताइएको छ । गतवर्ष प्रतिमन (४० किलो) २७ हजार रुपैयाँमा कारोबार भएको अलैंचीको मूल्य अहिले ६९ हजार रुपैयाँसम्म पुगेको छ । नेपाल अलैंची व्यवसायी महासंघले दिएको जानकारी अनुसार गतवर्ष जेजे (१ नम्बर) अलैंचीको बजार मूल्य प्रतिमन २७ हजार रुपैयाँ थियो । उत्पादन घट्ने देखिएपछि यस वर्ष जेजे अलैंचीको मूल्य प्रतिमन ६९ हजार रुपैयाँ पुगेको छ । गतवर्ष एसडी २ (नम्बर) अलैंची प्रतिमन २५ हजार रुपैयाँमा कारोबार भएको थियो । यसवर्ष एसडीको भाउ ६७ हजार रुपैयाँ पुगेको छ । त्यसैगरी चलनचल्ती वा ३ नम्बर अलैंची गतवर्ष २३ हजार रुपैयाँ मनमा कारोबार भएकोमा यस वर्ष यसको मूल्य ६५ हजार रुपैयाँ छ । महासंघका उपाध्यक्ष सुवास भट्टराईले दिएको जानकारी अनुसार अलैंची फुल्ने समयमा मौसममा भएको खराबी र पूर्वी पहाडी जिल्लाका केही अलैंची खेतीमा पहिरोले समेत क्षति पुर्‍याएपछि उत्पादन घट्ने देखिएको छ । उनका अनुसार यस वर्ष अलैंची उत्पादन पोहोरको तुलनामा आधा मात्र हुने अनुमान गरिएको छ । सामान्यतया नेपालमा ६ हजारदेखि ८ हजार मेट्रिक टन अलैंची उत्पादन हुने गरेको तथ्यांक छ । पछिल्लो समय नेपालमा अलैंची उत्पादन हुने क्षेत्रफल समेत घट्दो क्रममा छ । आर्थिक वर्ष २०७५/७६ मा २० हजार ८८० हेक्टर जमिनमा अलैंची खेती गरिएको थियो । उचित बजार भाउको अभावमा त्यसपछिका वर्षमा क्रमश: घट्न थालेको खेती आर्थिक वर्ष २०७६/७७ मा आइपुग्दा १६ हजार ५६५ हेक्टरमा सीमित भयो । आर्थिक वर्ष २०७७/७८ मा १५ हजार ६६८ हेक्टर क्षेत्रफलमा खेती भएको तथ्यांक छ । आर्थिक वर्ष २०७८/७९ मा आइपुग्दा भने खेती हुने क्षेत्रफल केही बढेको देखिन्छ त्यसवर्ष १७ हजार १५ हेक्टरमा अलैंची खेती गरिएको तथ्यांक छ ।  अलैंची व्यवसायी नरेन्द्र राईका अनुसार गत आर्थिक वर्षमा नेपाली अलैंचीले हलाल सर्टिफिकेट प्राप्त गरेसँगै खाडी मुलुकमा समेत निर्यातको बाटो खुलेको छ । यसअघि पाकिस्तानी र भारतीय बजारमा सीमित नेपाली अलैंची कतारलगायत अन्य खाडी मुलुकमा पुर्‍याउने बाटो खुले पनि नेपालले ती देशमा अलैंची निर्यात गर्न सकेको छैन ।  खाडी मुलुकसम्म निर्यात गर्न नेपाली निर्यातकर्ताको पहुँच नपुगेको राईले बताए । खाडी मुलुकमा निर्यातका लागि ढोका खोलिए पनि नेपालको भूपरिवेष्टित अवस्थितिले गर्दा निर्यात गर्न समस्या भएको हुन सक्ने उनको बुझाइ छ ।

अलैंचीको मूल्य बढ्यो, प्रतिमन ७० हजार पुग्यो भाउ

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभामा एक दशकअघिदेखि ओरालो लागेको अलैंचीको मूल्यमा यस वर्ष केही सुधार आएको छ । अलैंचीको मूल्य हाल प्रतिमन (४० किलो) रु ७० हजार पुगेको छ । झन्डै १० वर्षअघि प्रतिमन रु एक लाख २० हजारसम्म कारोबार हुँदै आएको अलैंचीको मूल्य घटेर प्रतिमन रु २५ हजारसम्म झरेको थियो ।  पछिल्लो समय नेपालबाट भारत, पाकिस्तानलगायत देशमा अलैंची निर्यात हुन थालेपछि यसको मूल्य बढेको हो । जिल्लाका किसानको मुख्य आम्दानीको स्रोत मानिने अलैंचीको मूल्य यस वर्ष शुरुआतदेखि नै बढ्दो क्रममा रहेको अलैंची व्यवसायी महासङ्घका जिल्ला अध्यक्ष कुमार श्रेष्ठले बताए । उत्पादन कम, माग बढी भएका कारणले अलैंचीको मूल्य वृद्धि भएको उनको भनाइ छ । यहाँ उत्पादित ९८ प्रतिशत अलैंची नेपालबाहिर निर्यात हुने गरेको तथ्याङ्क छ ।   अलैंचीको मूल्य वृद्धि भए पनि यसबाट किसानले भने प्रत्यक्ष फाइदा लिन सकेका छैनन् । सङ्खुवासभामा दुई हजार आठ सय ७१ हेक्टर क्षेत्रफलमा अलैंची खेती गरिँदै आएको छ । जिल्लामा गत वर्ष नौ सय ४० मेट्रिक टन अलैंची उत्पादन भएको थियो । यस वर्ष भने अलैंचीको उत्पादन घट्ने महासङ्घको अनुमान छ । अलैंची सङ्खुवासभा, पाँचथर, ताप्लेजुङ, इलाम, धनकुटासहित पहाडी र उच्च पहाडी जिल्लामा उत्पादन हुन्छ । व्यवसायीका अनुसार अलैंचीलाई गुणस्तरका आधारमा 'क', 'ख' र 'ग' गरी तीन तहमा विभाजन गरिएको छ ।  नेपालमा उत्पादित अलैंचीको मुख्य बजार भारत हो । अलैंची पूर्वी पहाडी जिल्लाका किसानको आम्दानीको भरपर्दो स्रोत हो । जिल्लामा करीब ४० वर्षभन्दा पुराना बोट भएकाले पनि उत्पानमा ह्रास आएको कृषि ज्ञान केन्द्र, सङ्खुवासभाले जनाएको छ । अधिकांश अलैंची बगानमा पुराना बोट भएकाले उत्पादन घट्नुका साथै बोटसमेत डढ्ने गरेका छन् । रासस

अलैंची निर्यात ६५ प्रतिशतले बढ्यो, ९ महिनामा ६ अर्ब ३५ करोड आर्जन

मुलुककाे अलैंची निर्यात ६५ प्रतिशतले बढेकाे छ । चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म ६ अर्ब ३५ करोड ७५ लाख १७ हजार रुपैयाँ बराबरको अलैची निर्यात भएको भएकाे हाे । जबकि गत आर्थिक वर्षकाे साेही अवधिमा ३ अर्ब ८५ कराेड २५ लाख ७१ हजार रुपैयाँ बराबरकाे अलैंची निर्यात भएकाे थियाे ।

अलैंची निर्यात उत्साहजनक

काठमाडौं । अलैंचीको मूल्य बढे पनि यसको निर्यात बढेको छ । भारतमा अलैंची उत्पादन घटेर माग र मूल्य दुवै बढेसँगै निर्यातको ग्राफ उकालो चढेको हो । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांकअनुसार चालू आर्थिक वर्ष (आव) को पहिलो ७ महीनामा मौद्रिक मूल्यअनुसार अलैंची निर्यात ८५ प्रतिशतले बढेको छ । नेपाल अलैंची व्यवसायी महासंघका अनुसार माग बढेसँगै अलैंचीको मूल्य प्रतिमन १३ हजार रुपैयाँसम्मले बढेको छ । ४० किलोको एक मन हुन्छ । मूल्य बढेसँगै निर्यात पनि बढेको हो । केन्द्रको तथ्यांकअनुसार गत आवको पहिलो ७ महीनामा २ अर्ब ६४ करोड ३० लाख रुपैयाँभन्दा बढीको अलैंची निर्यात भएको थियो । उक्त मूल्यमा २ हजार ९ सय ९६ मेट्रिक टन अलैंची निर्यात भएको थियो । चालू आवको सोही अवधिमा अलैंची निर्यात ८५ प्रतिशतले बढेर ४ अर्ब ८९ करोड ७६ लाख रुपैयाँ हाराहारी पुगेको छ । निर्यात परिमाण पनि ६ हजार १ सय १७ मेट्रिक टन पुगेको छ । महासंघका अध्यक्ष निर्मल भट्टराईले यस वर्ष नेपालसँगै भारतमा समेत अलैंची उत्पादन घटेको बताए । गतवर्ष ५० हजार बोरा अलैंची उत्पादन गरेको भारतले यस वर्ष २० हजार बोरामात्रै उत्पादन गरेको उनको भनाइ छ । यसअघि १ लाख २० हजार बोरासम्म अलैंची उत्पादन गर्दै आएको नेपालले पनि यस वर्ष १ लाख ५ हजार बोरामात्रै उत्पादन गर्न सकेको छ । एकातिर उत्पादन घट्नु, अर्कोतिर बजार माग बढ्नुको संयोगले मूल्य बढेको तथा मूल्य बढेसँगै निर्यात पनि बढेको उनले बताए । ‘गतवर्ष भारतको आफ्नै उत्पादन पनि बढी भएकाले नेपालको अलैंची खासै निर्यात हुन सकेको थिएन । जसले गर्दा नेपालमा अलैंचीको स्टक धेरै थियो,’ उनले आर्थिक अभियानसँग भने, ‘अहिले माग पनि बढ्यो र त्यही स्टक अलैंची एकैचोटि निर्यात हुँदा परिमाण बढी देखिएको हो ।’ पछिल्लो ४ महीनामा जेजे (एक नम्बर) अलैंचीको मूल्य प्रतिमन २७ हजार रुपैयाँबाट बढेर ४० हजार रुपैयाँ पुगेको छ । एसडी (दुुई नम्बर) अलैंचीको मूल्य पनि प्रतिमन २६ हजार रुपैयाँबाट बढेर ३९ हजार रुपैयाँ कायम भएको छ । चलनचल्ती वा तीन नम्बर अलैंचीको मूल्य २५ हजार रुपैयाँबाट बढेर ३८ हजार रुपैयाँ प्रतिमन कायम भएको छ । अलैंचीको निकासी मूल्य बढे पनि त्यसबाट किसानले लाभ पाएका छैनन् । अलैंची भित्र्याउने समयमा एक नम्बर अलैंचीको मूल्य २७ हजार रुपैयाँ प्रतिमन थियो । किसानको हातबाट बिचौलियाको हातमा गइसकेपछि मूल्य बढ्नाले किसानहरू मर्कामा परेको अध्यक्ष भट्टराईले बताए । नेपालमा उत्पादन हुने मसला बालीमध्ये उत्पादन र क्षेत्रफलका आधारमा अदुवा अग्रस्थानमा छ । अलैंची अन्तिम स्थानमा पर्छ । नेपालमा करीब १ हजार ७ सय हेक्टर जमिनमा अलैंची खेती हुने गरेको सरकारी तथ्यांक छ । राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्रका वरिष्ठ बाली विकास अधिकृत राजन परियारले पनि गतवर्ष स्टक रहेको अलैंची एकैपटक बजारमा आएकाले निर्यात बढेको हुन सक्ने बताए । यससँगै पछिल्लो समय अलैंचीको मूल्य पनि बढेकाले व्यापारीले आफूसँग भएको अलैंची निर्यात गरे । यसले गर्दा निर्यात परिमाण बढेको हुन सक्ने उनको भनाइ छ । यसअघि पाकिस्तान र भारतमा सीमित नेपाली अलैंची यस वर्षदेखि खाडी मुलुकमा समेत निकासी हुन थालेको छ । कतारलगायत खाडी मुलुकले आफ्नो देशको मापदण्डअनुसार उत्पादन भएका खाद्य वस्तुलाई अर्ग्यानिक रजिस्टर दिन्छन् । त्यही मापदण्डअनुरूप नेपालले पनि यसैवर्षदेखि ती मुलुकमा अलैंची निर्यात गर्न हलाल सर्टिफिकेट प्राप्त गरेको छ ।

अलैंचीको निर्यात बढ्यो

काठमाण्डाै - अलैंची निर्यात बढेको छ । अन्तर्राष्ट्रिय बजारमा स्वदेशी अलैंचीको माग बढ्दै गएपछि ७४ प्रतिशतले निर्यात बढेको हो। गएको आर्थिक वर्ष पाँच हजार १२ मेट्रिकटन अलैंची निर्यात भएको व्यापार प्रवर्द्धन तथा निकासी केन्द्रले जनाएको छ । केन्द्रका अनुसार गएको आर्थिक वर्ष २०७७/०७८ मा आठ हजार आठ सय ५७ मेट्रिकटन अलैंची निर्यात भएको थियो । त्यसअघिको आर्थिक वर्ष २०७६/०७७ मा पाँच हजार १२ मेट्रिकटन निर्यात भएको थियो । अलैंची निर्यात बढेसँगै गएको आर्थिक वर्ष ७ अर्बभन्दा बढी रुपैयाँ भित्रिएको छ । आर्थिक वर्ष २०७७/०७८ मा ७ अर्ब २ कर...

अन्तर्राष्ट्रिय बजारबाट माग बढेसँगै अलैंची निर्यात ७५ प्रतिशतले बढ्यो

आर्थिक वर्ष २०७६/७७ मा ४ अर्ब १ करोड ९२ लााख १४ हजार रुपैयाँ बराबरको ५० लाख १२ हजार ६ सय ९४ केजी निर्यात भएको थियो । मुलुकमा उत्पादन भएको अलैंची मुख्यतः छिमेकी मुलुक भारतमा निर्यात हुने गरेको छ ।