निर्यात व्यापारका दुःख : करोडौं घाटा खाएर पौने ४ अर्बको अलैंची निर्यात, 'टनमै ७७ हजार घाटा'

काठमाडौं । नेपालले चालू आर्थिक वर्षको पहिलो ६ महीनामा ३ अर्ब ७३ करोड रुपैयाँ बराबरको अलैंची निर्यात गरेको छ । उक्त मूल्यको ४६ लाख ७२ हजार ९३४ किलोग्राम अलैंची निर्यात गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ । गत वर्षको सोही अवधिमा नेपालले २ अर्ब २८ करोड रुपैयाँ बराबरको २६ लाख ६ हजार ७०३ किलोग्राम अलैंची निर्यात गरेको थियो । गत वर्षको सो अवधिको तुलनामा यो वर्ष अलैंची निर्यात ६३.५१ प्रतिशतले बढेको हो । नेपालबाट अलैंची निर्यात बढेपनि मूल्य भने घटेको छ । गत वर्ष प्रतिकिलो ८७७ रुपैयाँका दरले निर्यात भएको अलैंची यो वर्ष भने प्रतिकिलो ८०० रुपैयाँमै निर्यात भएको देखिन्छ ।  अलैंचीको निर्यातले पनि व्यापार घाटा घटाउन टेवा पुग्ने तथ्याङ्कले बताउँछ । गत वर्ष भरिमा नेपालले ४ अर्ब ८१ करोड रुपैयाँ बराबरको ५३ लाख ६७ हजार ४४३ किलोग्राम अलैंची निर्यात गरेको थियो ।  नेपालले अलैंची भारत र पाकिस्तानमा निर्यात गर्ने गरेको छ । यो ६  महीनामा अवधीमा नेपालले सबैभन्दा धेरै भारतमा ३ अर्ब ७३ करोड रुपैयाँ बराबरको ४६ लाख ६२ हजार ९३४ किलोग्राम र पाकिस्तानमा ४५ लाख ४९ हजार रुपैयाँ बराबरको १० हजार किलोग्राम अलैंची निर्यात गरेको छ । नेपाली अलैंची खाडी मुलुकमा निर्यातको ढोका खुलेपनि अहिलेसम्म भारत र पाकिस्तान बाहेका देशमा नेपालले अलैंची निर्यात गर्न सकेको छैन । नेपालले भएभरको अलैंची भारतमै निर्यात गरिरहेको छ । जसका कारण नेपाली किसानले अलैंचीको उचित मूल्य पाउन नसकेको कृषकहरू बताउँछन् । कतारलगायत खाडी मुलुकले उनीहरूको देशको मापदण्डअनुसार उत्पादन भएका खाद्य वस्तुलाई निर्यातको अनुमति दिएका छन् । त्यसै अनुसार अलैंची निर्यात गर्न नेपालले हलाल सर्टिफिकेट पनि पाएको छ । तर, नेपाली व्यवसायीहरूले खाडी मुलुकमा अलैंची निर्यात गर्ने हिम्मत गर्न सकेका छैनन् । गत वर्ष मूल्य घटेपछि स्टकमा राखेको अलैंची यो वर्ष कम मूल्यमै भएपनि किसानले विक्री गरेका छन् । जसबाट उनीहरूलाई करीब ३६ करोड रुपैयाँ घाटा भएको देखिन्छ । नेपाली अलैंचीको मुख्य बजार भारतमा समेत यसवर्ष उत्पादन बढेकाले त्यसको असर नेपाली अलैंचीको मूल्यमा परेको व्यवसायीहरू बताउँछन् । नेपालमा उत्पादन हुने मसला बालीमध्ये उत्पादन र क्षेत्रफलका आधारमा अदुवा अग्रस्थानमा छ भने अलैंची अन्तिममा छ । नेपालमा करीब १ हजार ७ सय हेक्टर जमीनमा अलैंची खेती हुने गरेको सरकारी तथ्यांक छ ।

सम्बन्धित सामग्री

आठ महिनामा सवा ५ अर्बको अलैंची निर्यात

चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म ५ अर्ब १७ करोड ४५ लाख रुपैयाँ बराबरको अलैंची निर्यात भएको छ । यो गत आर्थिक वर्षको सोही वर्षको तुलनामा ६८ करोड ९९ लाख रुपैयाँले कम हो । चालु आर्थिक वर्षको ८ महिनामा ३५ लाख ४५ हजार ४ सय ८० किलो अलैंची निर्यात भएको भन्सार विभागको तथ्यांक छ ।

अलैंची निर्यात ३२२ प्रतिशत बढ्यो

बिर्तामोड– नेपालको पूर्वी नाका काँकडभिट्टाबाट अलैंची निर्यात ३ सय २२ प्रतिशतले वृद्धि भएको छ । पहाडी जिल्लामा उत्पादित अलैंचीको निर्यात गत आवको तुलनामा चालु आवमा उत्साहजनक रुपमा बढेको हो । गत आव २०७९–८० को साउनमा २२ करोड ८५ लाखको अलैंची निर्यात भएको थियो । यो वर्ष साउनमा ९६ करोड ४६ लाख रुपैयाँको निर्यात पुगेको हो […]

गत वर्ष सवा ८ अर्बको अलैंची निर्यात, यो वर्ष उत्पादन घट्ने अनुमान

गत आर्थिक वर्ष ८ अर्ब २७ करोड ६५ लाख ९७ हजार रुपैयाँ बराबरको ९९ लाख ९० हजार ८५९ किलो अलैंची निर्यात भएको छ । यो निर्यात हालसम्मकै उच्च रहेको भन्सार विभागको तथ्यांकले देखाउँछ । नेपालको कुल उत्पादनको ९८ प्रतिशत अलैंची निर्यात हुने र २ प्रतिशत मात्रै आन्तरिक बजारमा खपत हुने गरेको नेपाल अलैंची व्यवसायी महासंघले जनाएको छ ।

अलैंची निर्यात अहिलेसम्मकै उच्च, ११ महिनामा भित्रियो ७ अर्ब ७० करोड

चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म ७ अर्ब ७० करोड १९ लाख ३३ हजार रुपैयाँ बराबरको अलैंची निर्यात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार ११ महिनामा ९३ लाख ८६ हजार २७९ किलो अलैंची निर्यात भएको हो । यो निर्यात हालसम्मकै उच्च रहेकाे तथ्यांकले देखाउँछ ।

अलैंची निर्यात हालसम्मकै उच्च

चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म ७ अर्ब २८ करोड १४ लाख रुपैयाँ बराबरको अलैंची निर्यात भएको छ । यो १० महिनामा ८९ लाख २१ हजार ६ सय ७९ किलो अलैंची निर्यात भएको हो, जुन हालसम्मकै उच्च हो ।

अलैंची निर्यात उत्साहजनक

काठमाडौं । अलैंचीको मूल्य बढे पनि यसको निर्यात बढेको छ । भारतमा अलैंची उत्पादन घटेर माग र मूल्य दुवै बढेसँगै निर्यातको ग्राफ उकालो चढेको हो । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांकअनुसार चालू आर्थिक वर्ष (आव) को पहिलो ७ महीनामा मौद्रिक मूल्यअनुसार अलैंची निर्यात ८५ प्रतिशतले बढेको छ । नेपाल अलैंची व्यवसायी महासंघका अनुसार माग बढेसँगै अलैंचीको मूल्य प्रतिमन १३ हजार रुपैयाँसम्मले बढेको छ । ४० किलोको एक मन हुन्छ । मूल्य बढेसँगै निर्यात पनि बढेको हो । केन्द्रको तथ्यांकअनुसार गत आवको पहिलो ७ महीनामा २ अर्ब ६४ करोड ३० लाख रुपैयाँभन्दा बढीको अलैंची निर्यात भएको थियो । उक्त मूल्यमा २ हजार ९ सय ९६ मेट्रिक टन अलैंची निर्यात भएको थियो । चालू आवको सोही अवधिमा अलैंची निर्यात ८५ प्रतिशतले बढेर ४ अर्ब ८९ करोड ७६ लाख रुपैयाँ हाराहारी पुगेको छ । निर्यात परिमाण पनि ६ हजार १ सय १७ मेट्रिक टन पुगेको छ । महासंघका अध्यक्ष निर्मल भट्टराईले यस वर्ष नेपालसँगै भारतमा समेत अलैंची उत्पादन घटेको बताए । गतवर्ष ५० हजार बोरा अलैंची उत्पादन गरेको भारतले यस वर्ष २० हजार बोरामात्रै उत्पादन गरेको उनको भनाइ छ । यसअघि १ लाख २० हजार बोरासम्म अलैंची उत्पादन गर्दै आएको नेपालले पनि यस वर्ष १ लाख ५ हजार बोरामात्रै उत्पादन गर्न सकेको छ । एकातिर उत्पादन घट्नु, अर्कोतिर बजार माग बढ्नुको संयोगले मूल्य बढेको तथा मूल्य बढेसँगै निर्यात पनि बढेको उनले बताए । ‘गतवर्ष भारतको आफ्नै उत्पादन पनि बढी भएकाले नेपालको अलैंची खासै निर्यात हुन सकेको थिएन । जसले गर्दा नेपालमा अलैंचीको स्टक धेरै थियो,’ उनले आर्थिक अभियानसँग भने, ‘अहिले माग पनि बढ्यो र त्यही स्टक अलैंची एकैचोटि निर्यात हुँदा परिमाण बढी देखिएको हो ।’ पछिल्लो ४ महीनामा जेजे (एक नम्बर) अलैंचीको मूल्य प्रतिमन २७ हजार रुपैयाँबाट बढेर ४० हजार रुपैयाँ पुगेको छ । एसडी (दुुई नम्बर) अलैंचीको मूल्य पनि प्रतिमन २६ हजार रुपैयाँबाट बढेर ३९ हजार रुपैयाँ कायम भएको छ । चलनचल्ती वा तीन नम्बर अलैंचीको मूल्य २५ हजार रुपैयाँबाट बढेर ३८ हजार रुपैयाँ प्रतिमन कायम भएको छ । अलैंचीको निकासी मूल्य बढे पनि त्यसबाट किसानले लाभ पाएका छैनन् । अलैंची भित्र्याउने समयमा एक नम्बर अलैंचीको मूल्य २७ हजार रुपैयाँ प्रतिमन थियो । किसानको हातबाट बिचौलियाको हातमा गइसकेपछि मूल्य बढ्नाले किसानहरू मर्कामा परेको अध्यक्ष भट्टराईले बताए । नेपालमा उत्पादन हुने मसला बालीमध्ये उत्पादन र क्षेत्रफलका आधारमा अदुवा अग्रस्थानमा छ । अलैंची अन्तिम स्थानमा पर्छ । नेपालमा करीब १ हजार ७ सय हेक्टर जमिनमा अलैंची खेती हुने गरेको सरकारी तथ्यांक छ । राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्रका वरिष्ठ बाली विकास अधिकृत राजन परियारले पनि गतवर्ष स्टक रहेको अलैंची एकैपटक बजारमा आएकाले निर्यात बढेको हुन सक्ने बताए । यससँगै पछिल्लो समय अलैंचीको मूल्य पनि बढेकाले व्यापारीले आफूसँग भएको अलैंची निर्यात गरे । यसले गर्दा निर्यात परिमाण बढेको हुन सक्ने उनको भनाइ छ । यसअघि पाकिस्तान र भारतमा सीमित नेपाली अलैंची यस वर्षदेखि खाडी मुलुकमा समेत निकासी हुन थालेको छ । कतारलगायत खाडी मुलुकले आफ्नो देशको मापदण्डअनुसार उत्पादन भएका खाद्य वस्तुलाई अर्ग्यानिक रजिस्टर दिन्छन् । त्यही मापदण्डअनुरूप नेपालले पनि यसैवर्षदेखि ती मुलुकमा अलैंची निर्यात गर्न हलाल सर्टिफिकेट प्राप्त गरेको छ ।

दुई महिनामा ६८ करोडको अलैंची निर्यात

साउन र भदौ महिनामा ६८ करोड ९ लाख ४१ हजार रुपैयाँको अलैँची निर्यात भएको छ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ८ लाख ४० हजार ८७४ किलो अलैंची निर्यात भएको हो । जुन गत वर्षको तुलनामा झन्डै २३ करोड रुपैयाँले कम हो ।

अलैंचीको निर्यात बढ्यो

काठमाण्डाै - अलैंची निर्यात बढेको छ । अन्तर्राष्ट्रिय बजारमा स्वदेशी अलैंचीको माग बढ्दै गएपछि ७४ प्रतिशतले निर्यात बढेको हो। गएको आर्थिक वर्ष पाँच हजार १२ मेट्रिकटन अलैंची निर्यात भएको व्यापार प्रवर्द्धन तथा निकासी केन्द्रले जनाएको छ । केन्द्रका अनुसार गएको आर्थिक वर्ष २०७७/०७८ मा आठ हजार आठ सय ५७ मेट्रिकटन अलैंची निर्यात भएको थियो । त्यसअघिको आर्थिक वर्ष २०७६/०७७ मा पाँच हजार १२ मेट्रिकटन निर्यात भएको थियो । अलैंची निर्यात बढेसँगै गएको आर्थिक वर्ष ७ अर्बभन्दा बढी रुपैयाँ भित्रिएको छ । आर्थिक वर्ष २०७७/०७८ मा ७ अर्ब २ कर...

अन्तर्राष्ट्रिय बजारबाट माग बढेसँगै अलैंची निर्यात ७५ प्रतिशतले बढ्यो

आर्थिक वर्ष २०७६/७७ मा ४ अर्ब १ करोड ९२ लााख १४ हजार रुपैयाँ बराबरको ५० लाख १२ हजार ६ सय ९४ केजी निर्यात भएको थियो । मुलुकमा उत्पादन भएको अलैंची मुख्यतः छिमेकी मुलुक भारतमा निर्यात हुने गरेको छ ।

यो वर्ष ६ अर्बको अलैंची नेपालबाट निर्यात

काठमाडौं। चालु आर्थिक वर्ष २०७७/७८ मा ५ अर्ब ५ अर्ब ९९ करोड ११ लाख ३८ हजार रुपैयाँको अलैंची नेपालबाट निर्यात भएको छ। भन्सार विभागकाअनुसार २०७७ साउन १ गतेदेखि २०७८ वैशाख मसान्तसम्मको अवधिमा सो मुल्य बराबरको अलैची नेपालले विश्व बजारमा पठाएको हो। दश महिनामा नेपालले ७५ लाख ५० हजार ३ सय ९७ केजी अलैंची निर्यात गरेको विभागले जनाएको छ।