निर्यातजन्य वस्तुमध्ये अलैंची पहिलो स्थानमा

कोभिडका कारण किसानले अलैंची बिक्री गर्न नपाएको बताइरहँदा चालू आर्थिक वर्षको ६ महिनामा निर्यात भएका प्रमुख २० वस्तुमध्ये नगदे बाली अलैंचीको स्थान सबैभन्दा अगाडि रहेको पाइएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालू वर्षको ६ महिनामा ३ अर्ब ७८ करोड रुपैयाँ बराबरको अलैंची निर्यात भएको छ । गत वर्षको सोही अवधिमा २ […]

सम्बन्धित सामग्री

अन्तरराष्ट्रिय व्यापारमा ‘डिग्लोबलाइजेशन’को खतरा

काठमाडौं। पूर्वाञ्चल विश्वविद्यालयका प्राध्यापक डा. विजुकुमार थपलियाले अन्तरराष्ट्रिय व्यापारमा ‘डिग्लोबलाइजेशन’को खतरा देखिएको टिप्पणी गरेका छन् । विश्व व्यापार संगठन (डब्लूटीओ) चेयर्स प्रोग्राम नेपाल र काठमाडौं विश्वविद्यालयको आयोजनामा सम्पन्न ‘डब्लूसीपी नेपाल–एआईबी साउथ एशिया कन्फ्रेन्स २०२४’ नामको सम्मेलनमा उनले उक्त टिप्पणी गरेका हुन् । अन्तरराष्ट्रिय व्यापारमा मुलुकहरूबीचको अन्तरसम्बन्धमा कमजोरी रहेको र यसबाट डिग्लोबलाइजेशनको खतरा बढेको डा. थपलियाले बताए ।  आइतवार काठमाडौंमा शुरू भएको दक्षिण एशियाको व्यापारसम्बन्धी दुईदिने उक्त अन्तरराष्ट्रिय सम्मेलन सोमवार सम्पन्न भएको छ । सम्मेलनको दोस्रो दिन ‘अन्तरराष्ट्रिय व्यापारमा सिद्धान्त र अभ्यास : उदीयमान परिदृश्य’ शीर्षकमा छलफल भएको थियो ।  छलफलका अर्का वक्ता एकेडेमी अफ इन्टरनेसनल बिजनेस (एआईबी)’का पूर्वअध्यक्ष एवं युनिभर्सिटी अफ साउथ क्यारोलिनाका प्राध्यापक चक ककले अन्तरराष्ट्रिय व्यापारमा एआईबीले व्यापार विज्ञलाई जोडिरहेको जानकारी दिए । एआईबीले विश्वव्यापीकरणमा खुला सिमाना, विश्वव्यापी विचार तथा अन्तरराष्ट्रिय संस्कृतिलाई बढावा दिइरहेको उनको भनाइ छ । त्यस्तै अन्तरराष्ट्रिय व्यापारमा बौद्धिक स्वतन्त्रता, अन्तरराष्ट्रिय व्यापारमा समावेशिता लगायतलाई पनि एआईबीले बढावा दिन खोजेको उनले बताए ।  अन्तरराष्ट्रिय व्यापारमा मुलुकहरूबीचको अन्तरसम्बन्धमा कमजोरी रहेको विज्ञको भनाइ व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका उपनिर्देशक राजेन्द्र सिंहले नेपालको प्रमुख निर्यातजन्य वस्तु कपडा (टेक्सटाइल)को व्यापार सुध्रिएको जानकारी दिए । सन् २०२२ मा नेपालबाट सबैभन्दा बढी निर्यात हुने वस्तुमा कपडा रहेको उल्लेख गर्दै उनले अलैंची, अुदवा निर्यात हुने प्रमुख वस्तु रहेको जानकारी दिए । नेपालको टेक्सटाइल अमेरिका, जापान, जर्मनी, फ्रान्सलगायत देशसम्म पुगिरहेको उनले जानकारी दिए । नेपालले अन्तरराष्ट्रिय बजारमा विद्युत् व्यापार, सूचना प्रविधि, पानी पनि निर्यात गर्न सक्ने पर्याप्त सम्भावना रहेको उनको भनाइ छ । त्यस्ता वस्तु निर्यात गरेर नेपालले वार्षिक ५० करोड अमेरिकी डलरसम्म आम्दानी गर्न सक्ने उनको अनुमान छ ।  सम्मेलनका क्रममा दक्षिण एशियाली मुुलुकहरूले गर्न सक्ने व्यापारसम्बन्धी सम्भावनाबारे कार्यपत्र प्रस्तुत गरिएको थियो । सो क्रममा सुनन्दा आले शर्माले नेपालमा महिला पर्यटन, उद्यमशीलताको अवसर र चुनौतीबारे कार्यपत्र प्रस्तुत गरिन् ।  यसअघि कार्यक्रमको पहिलो दिन आइतवारको छलफलमा दक्षिण एशियाली मुलुकहरूले अन्तरराष्ट्रिय व्यापारको लाभ लिन नपाएको भन्दै लाभ बढाउनुपर्नेमा जोड दिइएको थियो ।