पोखराका पुराना पत्रकार यज्ञप्रसाद बास्तोलाको निधन

पोखराका अग्रज पत्रकार यज्ञप्रसाद बास्तोलाको निधन भएको छ । उनको ७० वर्षको उमेरमा बुधवार राति करीब ३ बजे पोखराको चरक मेमोरियल अस्पतालमा उपचार क्रममा निधन भएको हो । उनमा कोरोना भाइरस संक्रमण देखिएको थियो । उनले गगन दैनिक, माइक्रो न्यूज दैनिक, आदर्श समाज दैनिकमा सम्पादक भई लामो समय काम गरेका थिए ।  नेपाल पत्रकार महासंघ कास्की शाखाका साधारण सदस्य एवं स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक सदस्य उनी पोखरा महानगरपालिका–५ मालेपाटनमा बस्दै आएका थिए ।  बास्तोलाको निधनप्रति नेपाल पत्रकार महासंघ कास्की ...

सम्बन्धित सामग्री

दुर्घटनामा पत्रकार पौडेलको निधन

काठमाडौं । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष तथा केन्द्रीय सदस्य त्रिभुवन पौडेलको पोखरामा भएको विमान दुर्घटनामा निधन भएको छ। आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको नाइनएन एएनसी एटीआर–७२ जहाज अवतरण गर्ने क्रममा पोखराको पुरानो एयरपोर्ट र नयाँ एयरपोर्टको बीचमा दुर्घटनाग्रस्त हुँदा ३७ वर्षे पत्रकार सदस्य पौडेलको निधन भएको हो। २०७४ सालमा महासंघको गण्डकी […]

पोखराका वरिष्ठ अधिवक्ता तिलकको निधन

पोखराका वरिष्ठ अधिवक्ता तिलकप्रसाद शर्मा आचार्यको निधन भएको छ । उनको ८२ वर्षको उमेरमा बिहीवार राति आफ्नै निवास पोखरा १७ छोरेपाटनमा निधन भएको हो ।  तत्कालीन पश्चिमाञ्चल क्षेत्रीय अदालत बार एशोसिएसनका पूर्व अध्यक्ष आचार्य लामो समयदेखि कानून व्यवसाय क्षेत्रमा क्रियाशील थिए । स्पष्ट वक्ता एवं निष्ठावान् कानून व्यवसायीको रूपमा परिचित आचार्य नेपाल पत्रकार महासंघ कास्कीका संस्थापद सदस्य पनि हुन् । उनको निधनप्रति विभिन्न संघसंस्थाले शोक व्यक्त गरेका छन् ।

कोरोना संक्रमणबाट पत्रकार बास्तोलाको निधन

पोखरा । कोरोना संक्रमणका कारण पोखराका अग्रज पत्रकार यज्ञप्रसाद बास्तोलाको निधन भएको छ । उनको ७० वर्षको उमेरमा गएराति पोखराको चरक मेमोरियल अस्पतालमा उपचार क्रममा निधन भएको हो । उनमा मधुमेह, निमोनिया समेत थियो । माइक्रो न्यूज, आदर्श समाज दैनिक, स्वतन्त्र सन्देशमा सम्पादक भई काम गरेका पत्रकार बास्तोला माछापुच्छे« एफएममा पनि संलग्न थिए । […] The post कोरोना संक्रमणबाट पत्रकार बास्तोलाको निधन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.

रहेनन् पोखराका अग्रज पत्रकार यज्ञराज बाँस्तोला

पोखरा । पोखराका अग्रज पत्रकार यज्ञराज बाँस्तोलाको निधन भएको छ ।  उनको बुधवार राति पोखरास्थित चरक मेमोरियल अस्पतालमा ७१ वर्षको उमेरमा निधन भएको हो ।  बास्तोला लामो समय पत्रकारितामा क्रियाशील थिए ।

पोखराका पत्रकार यज्ञराज बाँस्तोलाको कोरोनाबाट निधन

पोखरा । पोखराका अग्रज पत्रकार यज्ञराज बाँस्तोलाको निधन भएको छ । बाँस्तोलाको कोरोना संक्रमणका कारण पोखरास्थित चरक मेमोरियल अस्पतालमा ७१ वर्षको उमेरमा निधन भएको हो ।  रिजनल हस्पिटलमा उपचार सम्भव नभएपछि चरक हस्पिटलमा रिफर गरिएका उनको उपचारको क्रममा गएराति निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।पत्रकार बास्तोला नेपाल पत्रकार महासंघका साधारण सदस्य हुन् । उनी आनन्द मार्ग प्रचारक संघका सल्लाहकारसमेत हुन् । पत्रकार बाँस्तोला दुई साता अघि कोरोना संक्रमित भएका थए ।बाँस्तोलाको यही जेठ २५ गतेपछि चरक मेम

पत्रकार पौडेलको निधनप्रति पत्रकार महासंघद्वारा दुःख व्यक्त

नेपाल पत्रकार महासंघ कास्कीले कोरोना संक्रमणका कारण निधन भएका गण्डकी टेलिभिजन पोखराका प्रबन्ध निर्देशक गणेश पौडेलको निधनप्रति दुःख व्यक्त गरेको छ । महासंघ कास्कीका तर्फबाट सचिव माधव बरालले बिहीवार शोक विज्ञप्ति जारी गर्दै कोरोना भाइरस संक्रमण भई विगत ११ दिनदेखि उपचाररत पौडेलको गण्डकी मेडिकल कलेजमा ४१ वर्षको उमेरमा बिहीवार बिहान ५ः३० बजे भएको निधनले संघलाई दुःखी बनाएको उल्लेख गरे । दिवंगत पौडेलको आत्माको चिरशान्तिको कामना गर्दै महासंघले शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।