श्रीलङ्काका पूर्वराष्ट्रपति राजापाक्षे स्वदेश फर्कने अपेक्षा

श्रीलङ्काका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे सिङ्गापुरबाट स्वदेश फर्कने अपेक्षा गरिएको मन्त्रिपरिषद्का प्रवक्ता बन्दुला गुणवर्धनाले बताउनुभएकाे छ ।  आज मङ्गलवार पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रवक्ता गुणवर्धनाले पूर्वराष्ट्रपति राजापाक्षे औपचारिक माध्यमबाट सिङ्गापुर गएकाले उहाँ लुकेर त्यहाँ बसेको भन्नु मनासिब नभएको बताउनुभयाे । गएकाे असार २९ गते राजापाक्षे श्रीलङ्काबाट माल्दिभ्स हुँदै असार ३० गते सिङ्गापुर पुग्नुभएकाे थियाे ।   सिङ्गापुर पुगेको भोलिपल्ट उहाँले पदबाट राजीनामा दिनुभएकाे थियाे । त्यही दिन सभामुख महि...